back

‘चैत्र ५ को सांस्कृतिक प्रतिरोध दिवस अमर राखौ’

वि.सं.२०७९ चैत ५ आइतवार

471 

shares
RBB AD
NTC AD

आज चैत्र ५ गते सांस्कृतिक प्रतिरोध दिवस । आजकै दिन २०५५ सालमा अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित सांस्कृतिक कलाकर्मीहरु चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ, निर्मला देवकोटा र मञ्जु कुँवरजस्ता कलिला होनहार प्रतिभाहरुको ग्रुप मादल, बाँसुरी, हार्मोनियम आदि वाद्यवादनका सामाग्रीहरु बोकेर काभ्रे जिल्लाको अनेकोटमा पुगेको. थियो । अनेकोट गाउँकै एउटा घरमा बसेर भोक, प्यास, थकाइ र अनिंद्राका बिच पनि उनीहरूले त्यहाँ नेपाली समाजमा भएको चरम शोषण, दमनका विरुद्ध न्याय, समानता र स्वतन्त्रताका गीतहरु गाएका थिए ।

त्यही गीत गाएको, बजाएको र नृत्य–अभिनय गरेको अपराधमा कुनै दुष्ट दुश्मन सुराकीको रिपोर्टको आधारमा तत्कालीन फासिष्ट काङ्ग्रेसी सरकारको आदेशमा आएका कथित सरकारी सुरक्षाकर्मी जल्लादहरुले ती निहत्था कलिला प्रतिभाहरुमाथि घेरावन्दी गरी फौजी हमला गरेका थिए । हमलाबाट बच्न उनीहरु घरभित्र पसे र बच्न खोजे तर घर घेरिएकोले उम्कन सकेनन् । फलतः घरबाट ननिक्लेपछि ढोका थुनेर आगो लगाइदिएका थिए । तत्पश्चात केहीले उम्कन प्रयास गर्दा दुश्मनको गोलीको शिकार भएर र केही घरभित्रै आगो र आक्रमणको निसानामा परेर उच्च शहादत प्राप्त गरेका थिए । त्यस्तो वीभत्स र क्रूर हत्याको विरोध, प्रतिशोध र प्रतिरोध स्वरुप आजकै दिनलाई हामीले अर्थात् तत्कालीन नेकपा माओवादी पार्टीको केन्द्रीय समितिले सांस्कृतिक प्रतिरोध दिवसको रुपमा अब उप्रान्तका बर्षहरुमा मनाउने र भनी निर्णय गरेका थियौं । त्यसदेखि यता आज चैत्र ५ गतेलाई सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै उक्त सात जना सांस्कृतिक शहीद लगायत त्यसअघि र त्यसपछि पनि शहीद हुनु भएका कृष्णसेन इच्छुक, चुनु गुरुङ, मस्त विष्ट र रोल्पा भावाङमा साँस्कृतिक कार्यक्रम गर्दै गर्दा मारिएका एक दर्जन कलाकार आदि जनयुद्धमा मारिएका सम्पूर्ण सयौं क्रान्तिकारी साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरुको समष्टिगत सम्झना र सम्मान गर्दै आएका छौं । त्यसैले मैले पनि आज उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली, अमीट सम्झना र क्रान्तिकारी सलाम गर्न चाहन्छु ।

आज कमजोर र कायर नेतृत्वका कारण क्रान्तिकारी विचार, राजनीति, संगठन, संघर्ष र संस्कृतिले रक्षात्मक रुख लिंदा र सुधारका नाममा विचलन र अधःपतन मात्र होइन विघटन र विसर्जनको दिशा लिइरहेको स्थितिमा समग्र क्षेत्रका साथै सांस्कृतिक क्षेत्रबाट समेत त्यसको सशक्त प्रतिरोध बढाउनुको आवश्यकता र औचित्य कैयौं गुना बढेर गएको छ ।
अखिल नेपाल जनसांस्कृतिक संघको संस्थापक केन्द्रीय सदस्य (२०३७) र २०५२ फागुन १ मा जनयुद्ध थालनीको निर्णयकर्ता तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय सदस्यको नाताले सामान्यतया जनयुद्धका सम्पूर्ण शहीदहरुप्रति, विशेषतः सबै साँस्कृतिक शहीदहरुप्रति र मुख्यतः आजको दिनमा उच्च शहादत प्राप्त गर्नुहुने अनेकोट हत्याकान्डका उक्त सात जना वीर कलाकार शहीदहरुप्रति अमिट सम्झना, आत्मिक श्रद्धा र जोशिलो अभिवादन अर्पण गर्न चाहन्छु । साथै शहीदहरुका सुन्दर सपना साकार पार्नको लागि शहीदहरुले देखाएको रक्तरंजित बाटोमा अघि बढ्न, देश र जनताका दुश्मनसँग लडेर प्रतिरोध गर्न र सफलता र विजयको चुली चुम्न आफ्नो शरीरमा एक मुठी सास र एक थोपा रगत रहेसम्म लागिपर्न पूर्ण प्रतिबद्धता र कसिलो कटिबद्धता प्रकट गर्न चाहन्छु ।

अन्तमा म अपिल गर्दछु कि,

चैत्र ५ को सांस्कृतिक प्रतिरोध दिवस – अमर राखौं !

ज्यानी दुश्मनहरु विरुद्धको सशक्त प्रतिरोध – जारी राखौं !!

कम्युनिस्ट आन्दोलनमा हाल देखापरेका विचलन, विखन्डन, विघटन र विसर्जनका प्रवृत्तिहरुको विरोध गरौं !!!

अनि अविचलित, अखण्डित, पुनर्गठित र पुनर्संगठित भएर क्रान्तिको दिशामा अविराम अघि बढौं !!!!

शर्मा हाल -स्वतन्त्र माओवादी नेता हुन् ।

 

वि.सं.२०७९ चैत ५ आइतवार १७:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

गलकोट (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान...

प्रधानमन्त्री भन्छन्-सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो

प्रधानमन्त्री भन्छन्-सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र...

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक...

मिथिला क्षेत्रमा आज गङ्गा दशहारा पर्व मनाइँदै

मिथिला क्षेत्रमा आज गङ्गा दशहारा पर्व मनाइँदै

महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् ।...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

  काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव...

राष्ट्रपति पौडेल बर्लिनमा

राष्ट्रपति पौडेल बर्लिनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...