back
CTIZAN AD

नाफा आर्जनमा नबिल आक्रामक, अन्यको कस्तो ?

वि.सं.२०७९ चैत ६ सोमवार

705 

shares

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको वाणिज्य बैंकहरुको नाफामा एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिएका छन् । मर्जर गरेर ठूलो पूँजी निर्माण गरी उल्लेख्य रुपमा नाफा गर्ने रणनीति बनाएका बैंकलाई पछि पार्दै यी दुई बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्म तुलनात्मक रुपमा राम्रो नाफा आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको सात महिनासम्ममा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ भने दोस्रोमा एनआईसी एशिया, तेस्रोमा ग्लोबल आइएमई, चौंथोमा राष्ट्रिय वाणिज्य र पाँचौंमा नेपाल इन्भेष्टमेन्ट मेगाले नाफा आर्जन गरेका छन् । यी पाँच बैंकमध्ये नबिल, ग्लोबल आइमएई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मर्जरपश्चात पुँजी वृद्धि गरेका थिए भने एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकले मर्जर गरेका छैनन् ।

समीक्षा अवधिमा नबिल बैंकले चार अर्ब १३ करोड, एनआईसी एशिया बैंकले तीन अर्ब ६७ करोड, ग्लोबल आइएमई बैंकले तीन अर्ब ५५ करोड, राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ६ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई अर्ब ७० करोड रुपैयाँ नाफा गरेका छन् ।

समिक्षा अवधिमा नौ वाणिज्य बैंकको नाफा घट्न पुगेको छ भने १२ वटा बैंकको नाफा बढ्न पुगेको छ । समीक्षा अवधिमा प्रतिशतका हिसाबले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सबैभन्दा बढी नाफा एभरेष्ट बैंकले बढाएको छ, जसले ८८.०२ प्रतिशत नाफा बढाएको छ ।

कृषिसहित सात बैंकको नाफामा उच्च गिरावट

हालसम्म वित्तीय विवरण प्रकाशन गर्ने २० बैंकमध्ये सात बैंकको नाफामा उच्च गिरावट आएको छ । जसमध्ये कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै घटेको छ ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा १०९.०६ प्रतिशतले घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको बैंक चालु आर्थिक वर्षको सोहि अवधिमा १२ करोड ८९ लाख रुपैयाँले घाटामा देखिएको छ। बैंकको खराब कर्जा बढ्दा उसको नाफामा दबाव परेको हो।

सिटिजन्स् बैंकको खुद नाफा पनि ३२.११ प्रतिशतले घटेर ८४ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा एक अर्ब २३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सिद्धार्थ बैंकको नाफा २६.३८ प्रतिशतले घटेर एक अर्ब १६ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा सिद्धार्थले एक अर्ब ५७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नेपाल बैंक लिमिटेडको खुद १७.३९ प्रतिशत घटेर एक अर्ब १७ करोड ६ लाख रुपैयाँमा खुम्चिएको छ भने सनराइज बैंकको नाफा १२.२८ प्रतिशतले घटेर ६५ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।

प्रभु बैंकको ४.९२ घटेर एक अर्ब १९ करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ भने प्राइम कमर्शियल बैंकको खुद नाफा १.५८ प्रतिशतले घटेर एक अर्ब ६५ करोड २० लाख रुपैयाँमा पुगेको छ ।

कुन बैंककाे नाफा कति ? पुस मसान्तसम्मको (रु. हजारमा)

नबिल बैंक ३४,१७,६९८

एनआईसी एसिया बैंक ३२,७३,३३०

ग्बोबल आईएमई बैंक २७,८१,१६५

राष्ट्रिय बाणिज्य बैंक २७११८५१

एनएमबि बैंक १९०११५३

स्ट्यान्डर्ड चार्टर्ड बैंक १७५३६३५

प्राइम कमर्सियल बैंक १६५२०४४

एभरेष्ट बैंक १५८८००३

सानिमा बैंक १२८५३७९

प्रभु बैंक ११९९९६१

नेपाल एसबिआई बैंक ११७७१९४

नेपाल बैंक १०७७११५

सिद्धार्थ बैंक ११६११९९

लक्ष्मी बैंक १०७७११५

माछापुच्छे बैंक १०२५२६२

हिमालय बैंक ९६४७०४

सिटिजन्स बैंक ८४१३३३

सनराइज बैंक ६५३९५७

सिभिल बैंक ६३७०२२

कृषि विकास बैंक –१२८९३३

वि.सं.२०७९ चैत ६ सोमवार १२:२२ मा प्रकाशित

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...