Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

युद्धकै बीच चिनियाँ राष्ट्रपति किन जाँदैछन् मस्काे ?



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुसको राजधानी मस्को पुग्दैछन् ।

रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको रुसको भ्रमणमा निस्कन लागेका हुन् । सी जिनपिङको यो भ्रमणलाई विश्वले महत्त्वका साथ हेरेको छ ।

रुस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेका एक महिना पछि रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा चिनिया राष्ट्रपति सी तीन दिने राजकीय भ्रमणका लागि आज मस्को पुग्न लागेका हुन्।

भ्रमणमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जारी युद्दका बारेमा कुराकानीसहित बिभिन्न सम्झौता हुने बताइएको छ। परम्परागत मित्रतालाई मूर्तरुप दिने र ठूलो महत्त्व बोकेको यो भ्रमणले चीन र रुसबीचको रणनीतिक पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउने चिनियाँ सञ्चारमाध्यमले ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

युद्धबिरामका लागि आग्रहसहित मध्यस्तकर्ता बन्ने प्रस्ताव गरे पनि युक्रेन–रुसको लडाईमा चीनले रुसको पक्षधरता देखाउँदै आएको छ।

रुसमाथि अमेरिकालगायत पश्चिमा देशले लगाएको प्रतिबन्धको चीनले खुलेरै विरोधसमेत गरिरहेको छ तर पश्चिमा देशहरुले भने चीनले रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि गर्न खोजेको मध्यस्थतालाई पश्चिमा देशले विकृत आँखाले हेरेको ग्लोबल टाइम्सले उल्लेख गरेकाे छ । एजेन्सीबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको