back
CTIZAN AD

आम्दानी घट्दा विकास निर्माण प्रभावित

वि.सं.२०७९ चैत ६ सोमवार

699 

shares

दोधारा चाँदनी । जिल्लाका स्थानीय तहको आम्दानी घट्दा यसको असर विकास निर्माणका काममा देखिएको छ । गत वर्षको तुलनामा यसवर्ष राजस्व सङ्कलनमा कमी आएपछि यसको असर विकास निर्माणमा देखिएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले आन्तरिक राजस्वमा आएको कमी र सरकारले दिने अनुदान समेत घट्दा नगरपालिकाका काम प्रभावित बनेकोे बताए ।

“नगरपालिकासँग बजेट अभाव हुँदा कतिपय विकास निमार्णका काम ठप्प छन”, उनले भने , “बजेट अभावमा निर्माण व्यवसायीले भुक्तानीसमेत पाउन सकेका छैनन् ।” बजेट अभावकै कारण नगरपालिकाले योजना, गोष्ठी सेमिनाार लगायतका काम बन्द नै गरेको उनकोे भनाइ छ ।

“राष्ट्रिय अनुदान न्यून छ नगरपालिकाको राजस्वबाट आउने रकम पनि न्यून आएको छ”, उनले भने, “घरजग्गा कारोबारबाट अहिलेसम्म छ करोड आइसक्नुपर्ने हो तर करिब ५० लाख मात्रै आएको छ ।”

नगरपालिकामा अन्य प्रकारका सेवाबाट हुने आम्दानीसमेत घटेको उनले बताए । “व्यापार नहुँदा व्यवसायीले पनि राजस्व तिरेका छैनन”, उनले भने, “चालु खर्चमा पनि सङ्कुचन आएको छ ।”

उनले बजेट नै नभएपछि नगरपालिकामा हुने चहलपहल नै बन्द भएको बताए । नगरपालिकाले महेन्द्रनगर बसपार्कको पार्किङ र महाकाली नदीमा निर्माण सामग्री उत्खननबाट आउने ठूलो रकम यसपटक गुमाउनु परेको उनकोे भनाइ छ ।

महाकाली नदीमा यसपटक निर्माण सामग्री उत्खननका लागि ठेक्का नै लाग्नसकेको छैन । त्यसैगरी बसपार्कको पार्किङ शुल्कको ठेक्का गत वर्षको भन्दा कममा लागेको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि आन्तरिक आम्दानीमा कमी आएपछि नगरको काम प्रभावित बनेको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले बताए । उनले आम्दानी घटेपछि नगरका हरेक योजनामा २० प्रतिशत कटौती गरी कार्यक्रम गरिन लागेको जानकारी दिए । उनले भने, “सङ्घ र प्रदेश सरकारबाट आउने अनुदानमा २० प्रतिशत कटौती गरेपछि त्यसको असर नगरपालिकामा परेको छ ।”

बेदकोट नगरपालिकाका पनि आन्तरिक आम्दानीमा कमी आएको आएको छ । बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले आन्तरिक आयमा कमी देखिएको बताए ।

“लक्ष्यअनुसारको राजस्व सङ्कलन भएको छैन”, उनले भने । file photo 

 

वि.सं.२०७९ चैत ६ सोमवार १७:०० मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...