back
CTIZAN AD

आई.एम.ई.लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०७९ चैत ६ सोमवार

861 

shares

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सोमबार काठमाडौंमा सम्पन्न उक्त साधारण सभामा डा.अर्यालले आ. व. २०७९।८० को पुष मसान्त सम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई रु. ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए ।

डा. अर्यालले कम्पनिका अगाडि भएका चुनौतिहरुका बारेमा बताउँदै सर्वसाधारणका निमित्त शेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको जानकारी दिए । उनले जीवन बीमा कम्पनीहरु माझ अव्वल कम्पनीका रुपमा स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।

उक्त अवसरमा कम्पनिका प्रमुख कार्यकारी अधिकृत कवि फुयांलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए ।

 

वि.सं.२०७९ चैत ६ सोमवार १६:५७ मा प्रकाशित

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...