back
CTIZAN AD

प्रचण्डले पाए १७२ सांसदको मत, विपक्षमा ८९ मत

वि.सं.२०७९ चैत ६ सोमवार

867 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको प्रस्तावको विपक्षमा ८९ सांसदको मत परेको छ । संसदको ठूलो दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मतदान गरेका छन् । नेपाल मजदुर किसान पार्टीले प्रचण्डको प्रस्तावमाथि पक्ष र विपक्षमा मत नहाली दिन्न भन्नेमा हालेको छ ।

प्रधानमन्त्री प्रचण्डको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले विश्वासको मत दिएका हुन् ।

गत पुस १० मा एमाले, रास्वपा, राप्रपासहितका पार्टीको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए । तत्कालिन समय संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डलाई २६८ जनाले विश्वासको मत दिएका थिए ।

तर, राष्ट्रपति निर्वाचनसँगै उक्त तत्कालिन गठबन्धन भंग भएको थियो । सत्ता साझेदार एमाले र राप्रपा सरकारबाट बाहिरिँदा सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए । जसको आधारमा प्रचण्डले पुनः विश्वासको मत लिएका हुन् ।

वि.सं.२०७९ चैत ६ सोमवार १७:३७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...