back
CTIZAN AD

प्रचण्डले ओलीलाई भने- मैले तपाईंलाई प्रधानमन्त्री बनाएको ब्याज तिर्न अझै बाँकी छ

वि.सं.२०७९ चैत ६ सोमवार

747 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको बताउँदै ओलीले त्यसको ब्याज तिर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।

विश्वासको मत लिने क्रममा सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले ओलीलाई आफूले गरेको सहयोगको हिसाब किताब राख्न आग्रह गरे । ‘मैले तपाइँलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ । ब्याज थियो । एउटा त बनाउनुभयो । एउटा अझै बाँकी छ । हिसाब राख्नुहोला,’ उनले भने ।

उनले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर खोज्दै नगएको प्रस्टीकरण बताउँदै एमालेले नै आफूलाई बल गरेको स्मरण गरे । उनले परिस्थित त्यस्तै बनेपछि आफू पुस १० मा बालकोट गएको प्रस्ट्याए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो लागि शान्ति, संविधान र परिवर्तन मुख्य कुरा रहेको बताए । उनले कांग्रेससँग गठबन्धन हुँदै गर्दा आफूलाई ओलीले पाँच वर्षसम्म प्रधानमन्त्रीको प्रस्ताव गरेको र अन्तिम समयसम्म पनि के-के चाहियो भनेर भनेको बताए ।

वि.सं.२०७९ चैत ६ सोमवार १७:५३ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...