Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

खर्चको अभावमा बषौंदेखि रोगले थलिएका छन् मुगुका कातापति



काठमाडौं । हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका–६ पुरुमुरु गाउँका ६७ बर्षिय कालापति नेपाली (ढोली) उपचार खर्च नहुँदा सात बर्षदेखि रोगले ओछयानै थला परेका छन् ।

कालापतिका हातखुट्टाका जोर्नी सुन्निएर असाध्यै दुख्ने (गाँठे) रोगबाट सात बर्षदेखि ओछयानमै छपटाइरहेका छन् । स्थायी घर पुरुमुरु गाउँ भएपनि हिजोआज उक्त गाउँपालिका वडान–४ तलिलिब्रु गाउँमा बस्दै आएका छन् । उनकी श्रीमति कौसिलाले दिसा पिसाव गराउन हात समातेर चर्पी लैजाने र ल्याउने र ओछयानमा खाना खुवाउदै प्राण बचाएकी छन् ।

‘पैसा नहुँदा मेरो श्रीमानको औषधि उपचार गर्न सकिएन । पहिले बोकेर औषधि उपचार गर्न सोरुकोट गमगढी सम्म लियौ औषधि किन्न पैसा नहुँदा रोग निको भएन ।’ आँसु पुछदै कौसिलाले भनिन्, ‘सातबर्ष पुगिसक्यो मेरो श्रीमान रोगले थलिएर ओछयानमै छन् । शरिरका गाँठा दुखेर रातभरि सुत्दैनन् दिउसो घाम लागेपछि अलि सञ्चो भएजस्तो हुन्छ फेरि दुखाई सुरु भइहाल्छ ।’

दिउँसो घाममा लैजादा र राति कोठाभित्र ल्याउँदा दिन बित्ने गरेको उनले सुनाइन् । आकासमा बादल लागेको दिन झन उनको शरिर सुन्नेर बढी दुख्ने गरेको छ ।

घरमा खाने अन्न र लगाउन कपडा नहुँदा उनका माइलो र कान्छो दुई छोरा भारत पलायन भएका छन् । ज्याला मजदुरी गरेर परिवार पाल्ने उमेरका कालापतिलाई गाँठेरोगले थला पारेको छ । रोगका कारण उनको सिलाइ कटाई पेसा पनि बन्द भएको छ । गाउँलेका कपडा सिलाएर परिवार पाल्दै आएका उनलाई पत्नीले उल्टै गाँस खोजेर खुवाउनु पर्ने अबस्था उत्पन्न भएको छ ।

जेठो छोरो खाम्मा र एक बुहारी घरमै भएपनि आर्थिक अभावले गर्दा बिरामी हेर्दै दिन बिताउनु पर्ने अबस्था छ । ‘म छोरा भएर के गर्ने औषधि किन्ने खल्तीमा पैसा छैन बिहान बेलुका छाक टार्नै गाह्रो छ,’ छोरा खाम्माले भने, ‘बुबाको काल कुर्दै बस्नु बाहेक अरु हामी सित उपाय केही छैन ।’

गाउँघरमा औषधि पनि नपाइने र यदी पाइएको खण्डमा किन्ने पैसा नहुँदा कालापति सात बर्ष देखि रोग पालेर बसेका छन् । औषधि उपचारको लागि घरबाट सोरुकोट पुग्न एकदिन र त्यहाँबाट गमगढी पुग्न एकदिन गरि दुई दिन समय लाग्ने भएपनि आर्थिक संकटले गर्दा परिवारले उपचार गर्न लैजान सकेका छैनन् ।‘ बिचरा गरिव दलित रोगले घर बाहिर निस्कन सक्दैनन् ।’ तलिलिब्रु गाउँका गंगा बहादुर शाहीले भने, ‘उपचार गर्न पाए रोग निको हुन्थ्यो कि !’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको