back
CTIZAN AD

खर्चको अभावमा बषौंदेखि रोगले थलिएका छन् मुगुका कातापति

वि.सं.२०७९ चैत ७ मंगलवार

780 

shares

काठमाडौं । हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका–६ पुरुमुरु गाउँका ६७ बर्षिय कालापति नेपाली (ढोली) उपचार खर्च नहुँदा सात बर्षदेखि रोगले ओछयानै थला परेका छन् ।

कालापतिका हातखुट्टाका जोर्नी सुन्निएर असाध्यै दुख्ने (गाँठे) रोगबाट सात बर्षदेखि ओछयानमै छपटाइरहेका छन् । स्थायी घर पुरुमुरु गाउँ भएपनि हिजोआज उक्त गाउँपालिका वडान–४ तलिलिब्रु गाउँमा बस्दै आएका छन् । उनकी श्रीमति कौसिलाले दिसा पिसाव गराउन हात समातेर चर्पी लैजाने र ल्याउने र ओछयानमा खाना खुवाउदै प्राण बचाएकी छन् ।

‘पैसा नहुँदा मेरो श्रीमानको औषधि उपचार गर्न सकिएन । पहिले बोकेर औषधि उपचार गर्न सोरुकोट गमगढी सम्म लियौ औषधि किन्न पैसा नहुँदा रोग निको भएन ।’ आँसु पुछदै कौसिलाले भनिन्, ‘सातबर्ष पुगिसक्यो मेरो श्रीमान रोगले थलिएर ओछयानमै छन् । शरिरका गाँठा दुखेर रातभरि सुत्दैनन् दिउसो घाम लागेपछि अलि सञ्चो भएजस्तो हुन्छ फेरि दुखाई सुरु भइहाल्छ ।’

दिउँसो घाममा लैजादा र राति कोठाभित्र ल्याउँदा दिन बित्ने गरेको उनले सुनाइन् । आकासमा बादल लागेको दिन झन उनको शरिर सुन्नेर बढी दुख्ने गरेको छ ।

घरमा खाने अन्न र लगाउन कपडा नहुँदा उनका माइलो र कान्छो दुई छोरा भारत पलायन भएका छन् । ज्याला मजदुरी गरेर परिवार पाल्ने उमेरका कालापतिलाई गाँठेरोगले थला पारेको छ । रोगका कारण उनको सिलाइ कटाई पेसा पनि बन्द भएको छ । गाउँलेका कपडा सिलाएर परिवार पाल्दै आएका उनलाई पत्नीले उल्टै गाँस खोजेर खुवाउनु पर्ने अबस्था उत्पन्न भएको छ ।

जेठो छोरो खाम्मा र एक बुहारी घरमै भएपनि आर्थिक अभावले गर्दा बिरामी हेर्दै दिन बिताउनु पर्ने अबस्था छ । ‘म छोरा भएर के गर्ने औषधि किन्ने खल्तीमा पैसा छैन बिहान बेलुका छाक टार्नै गाह्रो छ,’ छोरा खाम्माले भने, ‘बुबाको काल कुर्दै बस्नु बाहेक अरु हामी सित उपाय केही छैन ।’

गाउँघरमा औषधि पनि नपाइने र यदी पाइएको खण्डमा किन्ने पैसा नहुँदा कालापति सात बर्ष देखि रोग पालेर बसेका छन् । औषधि उपचारको लागि घरबाट सोरुकोट पुग्न एकदिन र त्यहाँबाट गमगढी पुग्न एकदिन गरि दुई दिन समय लाग्ने भएपनि आर्थिक संकटले गर्दा परिवारले उपचार गर्न लैजान सकेका छैनन् ।‘ बिचरा गरिव दलित रोगले घर बाहिर निस्कन सक्दैनन् ।’ तलिलिब्रु गाउँका गंगा बहादुर शाहीले भने, ‘उपचार गर्न पाए रोग निको हुन्थ्यो कि !’

 

वि.सं.२०७९ चैत ७ मंगलवार १५:३८ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...