back
CTIZAN AD

दुई दशकदेखि गाईपालनमा जमेका वासुदेव

वि.सं.२०७९ चैत ७ मंगलवार

723 

shares

रामपुर । व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुङ्गाना भने फरक देखिएका छन् । दुई दशकदेखिको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै आएका ढुङ्गानाले आफ्नो कामलाई थप व्यावसायिक बनाएका छन् ।

करिब दुई दशक अघिदेखि नै ढुङ्गानाको घरमा स्थानीय जातका गाई पालिन्थ्यो । स्थानीयवासी गाईको दूधले मानव शरीरलाई पोषिलोपन दिने भएकाले उनी जानकार भएदेखि नै घरमा अनिवार्यजसो गाईपालन गर्नुहुन्थ्यो ।

गाईलाई लक्ष्मीका रुपमा हिन्दू समुदायमा पुज्ने तथा पोषिलो दूध सेवन गर्न पाइने हुँदा स्थानीयले गाई पालनलाई नै जोड दिँदै आएका छन् । घरायसी दूध प्रयोजनका लागि मात्र गाईपालन गरेका पाल्पा रामपुर नगरपालिका–५ स्थित सानीअमराई बस्ने ढुङ्गाना अहिले भने उन्नत जातका गाईपालनबाट समाजमा अनुकरणीय बनेका छन् ।

लामो समयसम्म निरन्तर गाईपालनमा लाग्ने उनकोे शैली, जोश र उत्साह बेग्लै खालको छ । जीवनमा कुनै पनि कुरामा विचलित नहुने ढुङ्गानालाई सङ्घर्ष र मेहनतले पाल्पामा अब्बल गाईपालन किसानको रुपमा परिचित बनाएको छ । यस व्यवसायबाट समाजमा नाम र दाम दुबै मिलेपछि उमेरले बुढ्यौलीपनमा छोए पनि व्यवसायमा अझै जोश जागर थपिँदैछ । उनी अहिले उमेर ६४ वर्षको भए ।

“पहिला त ब्राह्मणका घरमा प्रायजसो स्थानीय जातका धेरैथोरै गाईपालन गर्ने चलन थियो, स्थानीय जातका गाईले पोषिलो दूध दिने, औषधिको रुपमा प्रयोग गरिन्थ्यो”, उनले भने,–“यसले व्यवसायमुखी हुन सकिएन, पशुपालनबाट आम्दानी पनि बढाउनुप¥यो भनेर स्थानीय छाडेर उन्नत जाततर्फ आकर्षित भइयो” ।

उनले विसं २०६० देखि तराईका विभिन्न स्थानबाट उन्नत गाई खरिद गरी व्यवसाय सुरु गरेका हुन । व्यवसायलाई विस्तार गर्दैै जाँदा विसं २०७३ मा कामधेनु उन्नत पशुपालन फार्म दर्ता गरी व्यवसायमा लागेका छन्, ढुङ्गाना । उनको फार्ममा हाल साना ठूला गरी १३ वटा गाई र एक भँैसी छन् । तीमध्ये अहिले दुईवटा गाई, एक भैँसीबाट दूध उत्पादन भइरहेको छ भने चारवटा गाई ब्याउने छन् ।

हाल दैनिक गाई र भैँसीबाट ३० लिटर दूध उत्पादन भइरहेको उनले बताए । रामपुर बेझाड बजारस्थित अमृत दुग्ध भण्डारमा गाईको प्रतिलिटर रु ६५ र भैँसीको प्रतिलिटर रु ८५ मा दूध बिक्री गरिरहेका छन् । उनले बढीमा ६५ लिटरसम्म दूध उत्पादन गरी बजारमा खपत गर्न सफल भएका छन् । “गोठमा पालिएका गाईभैँसीबाट राम्रै दूध उत्पादन भइरहेको छ, घर नजिकै बजार रहेको हुँदा बिक्री गर्न झण्झट छैन, बिहान उत्पादित दूध बजार लग्यो बेच्ने, हातमा दाम बुझ्यो, यसले व्यवसायमा हौसला बढिरहेको छ”, उनले खुसी हँुदै भने ।

एक गाईबाट उनिले एक पटकमा बढीमा २५ लिटरसम्म र कम्तीमा १२ लिटर दूध उत्पादन लिँदै आएका छन् । राम्रोसँग समय समयमा दानापानी, घाँसपात पु¥याउन सकियो भने एक छाकमै धेरै दूध उत्पादन लिन सकिने उनको अनुभव छ । उनले एक महिनामा बढीमा रु एक लाख र कम्तीमा रु ४० हजारसम्म दूध बिक्रीबाट आम्दानी लिइरहेको बताउछन् ।

आफ्नै जग्गामा दुईवटा गोठको संरचना तयार पारेर गाईपालन गरिरहेका छन् । गाईको दूध बिक्रीबाट मात्र नभइ मल बिक्री गरेर पनि किसान ढुङ्गानाले आम्दानी लिइरहेका छन् । गाउँघरमा खेतबारीमा गाईभँैसीको मल प्रयोग गर्ने किसानाई एक ट्र्याक्टर मल रु आठ हजारमा बिक्री हुने गरेको छ ।

उनी भन्छन्, “यस व्यवसायबाट म सन्तुष्ट छु, घरमा दिन बिताउने माध्यम बनेको छ, बिहान साँझ केही समय काम गरेपछि दिनभर फुर्सदिलो भइन्छ, दूध दुहेर बजार पठाएर लिएको आम्दानीले व्यवसायमा ऊर्जा दिएको छ ।” उनले तराईबाट खरिद गरेका पाँच उन्नत जातका गाईबाट व्यवसाय थालनी गरेका हुन् ।

अहिले सोही गाईबाट उत्पादन भएका गाई आम्दानीको स्रोत बनिरहेको छ । जर्सी र होलस्टिन गाईलाई खानपान, घाँसपात समयमा मिलाएर दिन सकियो भने दूध उत्पादन राम्रो दिने ढुङ्गानाको अनुभव छ । एक पटक ब्याएको गाई अर्को पटक ब्याउनुअघि दुई महिना दूध दुहुन छाड्ने गरेको उनी बताउछन् ।

स्थानीय जातको गाईपालनसमेत गरेका उनी अहिले उन्नतमा जोड दिए पनि स्थानीय गाईको दूध सेवन गर्दा स्वाद नै बेग्लै हुने, चरनका कारणले तागतिलो हुने तर आयस्रोत लागि भने स्थानीय गाईबाट आम्दानी लिन नसकिने अनुभव सुनाए । आफ्नै प्रशस्त जग्गा रहेकाले विभिन्न उन्नत जातका घाँसपात लगाएका छन् । उनले यस व्यवसायका अलवा घरमा तरकारी, फलफूल तथा अन्नबाली समेत उत्पादन गर्दै आएका छन् ।

केरा, आलु, धान, मकैलगायतका विभिन्न बालीनाली लगाएका छन् । प्रशस्त गोठमेल खेतीपातीमा प्रयोग गर्दा उत्पादन राम्रो भएको छ । एउटा व्यवसायबाट अन्य व्यवसायमा सघाउ पुग्ने भएकाले किसान राम्रो आर्थिक लाभ लिन सक्नेछन् ।

 

वि.सं.२०७९ चैत ७ मंगलवार १६:१० मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...