back
CTIZAN AD

धुलिखेल–खावा सडक  नौ महिनामा  १० प्रतिशत  प्रगति 

वि.सं.२०७९ चैत ७ मंगलवार

726 

shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।

निर्माणको सुरु भएको नौ महिना बितिसक्दा १० प्रतिशत मात्रै काम भएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालीबीच सम्झौता गरेको थियो ।

मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्न लागिएको छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो ।

कार्यालयका इञ्जिनियर नेत्र देवकोटाले काममा ढिलाइ भएपछि कार्यालयले यस अवधिमा सात वटा पत्र काटेर ढिलाइ हुनुका कारण सोधेको जानकारी दिए । सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रू २० करोड १९ लाखमा सम्झौता गरिएको थियो ।

कार्यालयका अनुसार निर्माण व्यवसायीले हालसम्म कुनै पत्रको जवाफ पठाएका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्को खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेको जनाएको छ । कार्यालयबाट पटक, पटक मौखिक एवं लिखित निर्देशन दिएको तथा गत माघ १० र फागुन ७ मा निर्माण कम्पनीका अध्यक्षलगायतको संयुक्त बैठकमा प्रतिबद्धता गरेअनुसार काम नभएकाले स्पष्टीकरण सोधिएको देवकोटाको भनाइ छ ।

सडक स्तरोन्नति तथा विस्तारमा भएको ढिलाइका विषयमा गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मत सम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो । सम्झौता अनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ । RSS

 

वि.सं.२०७९ चैत ७ मंगलवार १५:३७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...