back
CTIZAN AD

रंगशालाअघि उभिएर धुर्मुसले भने– डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको छु (भिडियोसहित)

वि.सं.२०७९ चैत ७ मंगलवार

1.1K 

shares

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुश’ले ​गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र पर्दा आफु मानसिक तनावमा रहेको बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै अलपत्र चितवनस्थित निर्माणाधीन रंगशालामै पुगेर आफूले डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका हुन् ।

धुर्मुस–सुन्तली फाण्डेसनको फेसबुक पेजमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । उनले भनेका छन्, “करोडौं भ्रष्टाचार गरे, गाडी जोडे, स्वीमिङ पुलसहितको घर जोडे भनेर आरोप लगाइयो । हो, घर छ, स्वीमिङ पुलसहितको । रातदिन रोएको आँशुको भेलले बनेको स्वीमिङ पुल छ । घर, गाडी हामीले २०६७ सालमै जोडिसकेका थियौँ ।”

भिडियोमा उनी निकै भावुक देखिएका छन् । उनले रंगशालाका लागि उठेको पैसा जस्ताको त्यस्तै यसमै खर्च गरेको प्रस्ट्याएका छन्। उक्त परियोजनामा आफूहरू निमित्त र सहयोगी मात्र भएको उनले बताएका छन् । आधा घण्टा लामो उक्त भिडियोमा उनले नेपाली क्रिकेट टीमका खेलाडीहरूलाई बधाई पनि दिए।

यस्तो छ उनको भिडियो

वि.सं.२०७९ चैत ७ मंगलवार १७:०० मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...