Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

रंगशालाअघि उभिएर धुर्मुसले भने– डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको छु (भिडियोसहित)



काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुश’ले ​गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र पर्दा आफु मानसिक तनावमा रहेको बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै अलपत्र चितवनस्थित निर्माणाधीन रंगशालामै पुगेर आफूले डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका हुन् ।

धुर्मुस–सुन्तली फाण्डेसनको फेसबुक पेजमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । उनले भनेका छन्, “करोडौं भ्रष्टाचार गरे, गाडी जोडे, स्वीमिङ पुलसहितको घर जोडे भनेर आरोप लगाइयो । हो, घर छ, स्वीमिङ पुलसहितको । रातदिन रोएको आँशुको भेलले बनेको स्वीमिङ पुल छ । घर, गाडी हामीले २०६७ सालमै जोडिसकेका थियौँ ।”

भिडियोमा उनी निकै भावुक देखिएका छन् । उनले रंगशालाका लागि उठेको पैसा जस्ताको त्यस्तै यसमै खर्च गरेको प्रस्ट्याएका छन्। उक्त परियोजनामा आफूहरू निमित्त र सहयोगी मात्र भएको उनले बताएका छन् । आधा घण्टा लामो उक्त भिडियोमा उनले नेपाली क्रिकेट टीमका खेलाडीहरूलाई बधाई पनि दिए।

यस्तो छ उनको भिडियो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको