Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

भागवण्डा नहुँदै जम्कट्टेलले विश्वासको मत लिन खोजेपछि…



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको योजना तत्कालका लागि तुहिएको छ । कांग्रेसको असहयोगपछि उनको योजना असफल भएको हो ।

प्रदेशसभाको बुधबारको बैठकबाट जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका थिए । तर, उनले सत्ता साझेदार कांग्रेससँग सल्लाह नै नगरी यस्तो निर्णय लिएका थिए ।

केन्द्रमै भागवण्डाको विषय नटुंगीएको अवस्थामा सत्ता साझेदारसँग सल्लाह नै नगरी जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेपछि कांग्रेस झस्किएकाे थियाे । विश्वासकाे मत लिने तयारीप्रति आपत्ति जनाउँदै कांग्रेसले बैठकमै उपस्थित हुन नसक्ने बताएपछि उनी पछि हटेका हुन् ।

कांग्रेसले केन्द्रदेखि सबै प्रदेशमा भागवण्डाको विषय टुंगीएपछि मात्रै विश्वासको मतको विषयमा निर्णय हुने बताएको छ ।

पुस २५ मा एमाले, माओवादी र राप्रपाको गठबन्धनबाट जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सरकार गठन हुँदाको राप्रपाले भने सरकारलाई दिएको समर्थन १३ फागुनमै फिर्ता लिइसकेको छ । केन्द्रमा गठबन्धन ताेडिएपनि एमालेले भने प्रदेशमा सरकार छाडेकाे छैन ।

संवैधानिक व्यवस्थाअनुसार सत्ता साझेदार बाहिरएकाे कारण उनले विश्वासको मत लिन लागेका हुन् । तथापी, प्रदेशकाे सत्ता गठबन्धन क–कसकाे बीचमा हुने यकिन छैन । जम्कट्टेलले कांग्रेससँग सल्लाह नै नगरी विश्वासकाे मत लिने प्रक्रिया बढाएका थिए ।

कांग्रेसको निर्णयपछि बागमति प्रदेशसभाको बैठक चैत १० सम्मका लागि स्थगित भएको छ । प्रदेशसभाले ‘विशेष कारण’ भन्दै बैठक सारेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको