back
CTIZAN AD

भागवण्डा नहुँदै जम्कट्टेलले विश्वासको मत लिन खोजेपछि…

वि.सं.२०७९ चैत ८ बुधवार

963 

shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको योजना तत्कालका लागि तुहिएको छ । कांग्रेसको असहयोगपछि उनको योजना असफल भएको हो ।

प्रदेशसभाको बुधबारको बैठकबाट जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका थिए । तर, उनले सत्ता साझेदार कांग्रेससँग सल्लाह नै नगरी यस्तो निर्णय लिएका थिए ।

केन्द्रमै भागवण्डाको विषय नटुंगीएको अवस्थामा सत्ता साझेदारसँग सल्लाह नै नगरी जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेपछि कांग्रेस झस्किएकाे थियाे । विश्वासकाे मत लिने तयारीप्रति आपत्ति जनाउँदै कांग्रेसले बैठकमै उपस्थित हुन नसक्ने बताएपछि उनी पछि हटेका हुन् ।

कांग्रेसले केन्द्रदेखि सबै प्रदेशमा भागवण्डाको विषय टुंगीएपछि मात्रै विश्वासको मतको विषयमा निर्णय हुने बताएको छ ।

पुस २५ मा एमाले, माओवादी र राप्रपाको गठबन्धनबाट जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सरकार गठन हुँदाको राप्रपाले भने सरकारलाई दिएको समर्थन १३ फागुनमै फिर्ता लिइसकेको छ । केन्द्रमा गठबन्धन ताेडिएपनि एमालेले भने प्रदेशमा सरकार छाडेकाे छैन ।

संवैधानिक व्यवस्थाअनुसार सत्ता साझेदार बाहिरएकाे कारण उनले विश्वासको मत लिन लागेका हुन् । तथापी, प्रदेशकाे सत्ता गठबन्धन क–कसकाे बीचमा हुने यकिन छैन । जम्कट्टेलले कांग्रेससँग सल्लाह नै नगरी विश्वासकाे मत लिने प्रक्रिया बढाएका थिए ।

कांग्रेसको निर्णयपछि बागमति प्रदेशसभाको बैठक चैत १० सम्मका लागि स्थगित भएको छ । प्रदेशसभाले ‘विशेष कारण’ भन्दै बैठक सारेको छ ।

वि.सं.२०७९ चैत ८ बुधवार १८:०६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...