back
CTIZAN AD

आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्वारा अन्तरक्रिया र जर्नल बिमोचन

वि.सं.२०७९ चैत ९ बिहीवार

792 

shares

काठमाडौं । आदिवासी जनजाति महिला महासंघ (फिब्ना)ले नारी दिवस २०२३ को अवसर पारेर ‘आप्रवासी महिलाहरुको अवाज’ नामक जर्नलको विमोचन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमकी प्रमुखअतिथि सुकु रूम्दाली राईद्वारा जर्नलको विमोचन गरिएको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले संस्थाको स्थापनाकालदेखि नै जर्नल प्रकाशन गर्ने संकल्प भएकोले लामो समयपछि एउटा सपना पूरा भएको जानकारी दिइन् ।

जर्नललाई पुस्तकको रुपमा ल्याउनका लागि गरिएको जर्नी अफ द जर्नलको बिषयमा बोल्दै अध्यक्ष चोङबाङले यो कार्य अत्यन्तै चुनौतिपूर्ण र कठिन भएपनि सबै सदस्य दिदीबहिनीहरुको एैक्यवद्धता, प्रतिवद्वता र लगावका कारण सफल भएकोले यस कार्यमा संलग्न सम्पूर्ण टिम, कम्युनिटी लिडर, बिज्ञापन दिएर सहयोग पुर्याउने ब्यवसायी लगायत सम्पूर्णमा आभार व्यक्त गरेकी थिइन् ।

No description available.

यो प्रथम प्रयास भएकोले यसको कमीकमजोरीहरूलाई आउने दिनमा सुधार गर्नका लागि सम्पूर्ण सहभागीहरुलाई आग्रह समेत गरेकी थिइन् ।

यस्तै, अन्तरक्रिया कार्यक्रममा प्रस्तोता डा. प्रोफेसर रेजिता नायरले मेन्टल हेल्थ र चाइल्ड साइकोलोजिका सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् भने प्रोफेसर लरेन याङले मोर्डन स्लेभरी एण्ड फोर्स लेबर सम्बन्धमा प्रस्तुति दिएकी थिइन् ।

कार्यक्रममा संस्थालाई स्थापनाकालदेखि नै हरेक क्षेत्रमा सहयोग पुर्याउने ब्यक्तिहरू नेपालको लागि सद्भावना पर्यटनदूत न्यूयोर्कका केशबराम राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्बअध्यक्ष इन्द्र तामाङ, आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का पूर्बसभामुख बिनोद पोमो, किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बालाई सम्मान गरेको थियो ।

त्यसैगरी नेपाली समाजमा सकारात्मक प्रभाव जमाउन सफल सामाजिक अभियन्ता नबराज केसी, उर्जाशिल युवा दिपक चौधरी र न्यूयोर्क स्टेटकी डाइरेक्टर अफ कम्युनिटी अफेयर डोल्मा लामालाई पनि हौसला स्वरूप सम्मान पत्र प्रदान गरिएको थियो ।

No description available.

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरू सहभागी थिए । कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यसहित २० जनाले आजीवन सदस्यता लिएका थिए । आजीवन सदस्यताहरुलाई दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राईले महिला र पुरूष बिचमा भएको सामाजिक विभेद रहेको उल्लेख गर्दै उन्मुलन गर्नका लागि नयाँ पुस्ताहरु एक हुनुपर्ने बताइन् ।

त्यस्तै संस्थाकी संस्थापक अध्यक्ष संगिनी मगरले हामी भन्ने भावनाले महिलालाई जहिले पनि अगाडि बढ्न हौसला दिएको बताउँदै संस्था स्थापनादेखिको संघर्षका कथाहरू पोखिन् । संस्थापक अध्यक्ष मगरले भने,‘हामीले नगरे कसले गर्ने, त्यसैले हामी भन्ने भावनाको विकास गरौं ।’

अन्त्यमा यस संस्थालाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरूले संस्थाको गोल्ड स्पोन्सरमा सद्भावना पर्यटनदूत तथा सामाजिक अभियन्ता केशबराम राई र तामाङ सोसाइटी अफ अमेरिकाका पूर्बअध्यक्ष तथा सामाजिक अभियन्ता इन्द्र तामाङ गोल्ड स्पोन्सर, फिप्नाका पूर्बसभामुख बिनोद पोमो र किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बाद्धयबाट सिल्भर स्पोन्सर स्वरूप संस्थालाई हौसला प्रदान गरेको घोषणा अध्यक्ष चोङबाङले गरिन् । सम्पूर्ण उपस्थितलाई धन्यबाद तथा आभार ब्यक्त गर्दै सम्पूर्णले यसरी नै साथ सहयोग गर्न आग्रह गर्दै अध्यक्ष चोङबाङले कार्यक्रमको औपचारिक रूपमा अन्त्य गरिन् ।

वि.सं.२०७९ चैत ९ बिहीवार ११:५८ मा प्रकाशित

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...