back
CTIZAN AD

श्वास गन्हाएर हैरान हुनुहुन्छ ? यसरी पाउनुहाेस् छुटकारा

वि.सं.२०७९ चैत १२ आइतवार

936 

shares

विभिन्न कारणले गर्दा धेरैको श्वास गन्हाउने समस्या हुन्छ । जस्तै, सफा नगर्ने बानी, सुत्ने तरिका नमिल्दा, घरबाहिरको खाना अर्थात् जंकफुड आदिले मुख गन्हाउने समस्या हुन्छ । तर, केही उपायहरू छन् जसको प्रयोगले यो समस्याको समाधान गर्न सकिन्छ ।

कम्तिमा २ पटक नियमित दाँत माझ्ने

दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, श्वास गनाउने समस्याको त समाधान हुन्छ । त्यसका साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ । बिहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख श्वास गनाउने समस्या कम हुँदै जान्छ ।

ताजा फलफूल तथा साजसब्जी खाने

ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि श्वास गन्हाउने समस्यामा कमी हुन्छ ।

पिरो खानेकुरा नखाने

सबैलाई थाहा भएकै कुरा हो कि, प्याज खाएपछि कत्तिको श्वास गन्हाउँछ भनेर । हुन त प्याज खानु स्वास्‍‍‍थ्यका लागि राम्रै कुरा हो, तर नराम्रो श्वासबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ ।

गुलियो खानेकुरा कम खाने

धेरै गुलियो खानेकुराहरू खाएपछि मुखमा केही कणहरू बाँकी हुन्छ, जुन पछि गएर दुर्गन्धको स्राेत बन्न जान्छ । त्यस्ता कणहरूमा ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछ । ती ब्याक्टेरियाहरू एसिडमा परिणत हुन्छन् र दाँत कुहिने, दाँत खिइने तथा श्वास गनाउनेजस्ता विभिन्न समस्याहरू देखा पर्दछन् ।

जिब्रो सफा गर्ने

बिहान उठ्दा श्वास गन्हाइराखेको छ भने तपाईंको जिब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ । यस्तो लेउमा श्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन् । त्यसैले दाँत माझेपछि नरम ब्रसले जिब्रोलाई हलुका सफा गर्ने बानी बसाल्नुहोस् ।

नुन पानीले मुख कुल्ला गर्ने

मुख कुल्ला गर्दा घरेलु उपाय अपनाउन पनि सकिन्छ । त्यसका लागि १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस् र त्यस पानीले मुख कुल्ला गर्नुहोस् । यसो गर्दा पनि केही राहत मिल्दछ ।

सुत्ने बानीलाई सुधार्ने

राति सुत्दा घुर्नुभयो अथवा मुख खुल्ला गरेर सुत्नुभयो भने गह्रौँ श्वास फेर्नुपर्ने हुन्छ, जसले गर्दा बिहान श्वास गन्हाउन सक्छ । त्यसैले सुत्ने बानीमा सुधार ल्याउनु जरूरी हुन्छ । त्यसका लागि उत्तानो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु उचित हुन्छ, र सुत्दा मुखको सट्टा नाकले श्वास फेर्ने बानी बसाल्नुहोस् ।

सुत्नुभन्दा अघि पानी पिउने

राति सुत्दा शरीरमा पानीको कमी हुन गयो भने पनि मुख सुक्खा हुने गर्दछ, जसले बिहानमा दुर्गन्धित श्वास निम्त्याउँदछ । त्यसैले दिनमा पनि कम्तिमा ८ गिलास पानी पिउनुपर्ने हुन्छ र राति सुत्नुभन्दा अगाडि पनि १ गिलास पानी अनिर्वाय पिउनुहोस् । एजेन्सीबाट

वि.सं.२०७९ चैत १२ आइतवार १२:३७ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...