दोलखा । दोलखाली बुद्धिजीवीहरुको पाचौ सम्मेलनले नारायण बुढाथोकीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता गंगा कार्कीको प्रमुख आतिथ्यता, सङ्गठनका केन्द्रीय संयोजक तथा पार्टी केन्द्रीय सदस्य कृष्णराज केसी, पु्र्व महान्यायाधिबक्ता तथा केन्द्रीय सदस्य मुक्ति प्रधान, केन्द्रीय सदस्य तथा दोलखा जिल्ला ईन्चार्ज विशाल खड्का, प्रेस सेन्टरका अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य बिष्णु सापकोटा जुगल ,संगठनका बागमती प्रदेश अध्यक्ष कृष्ण कोपिला, प्रदेश सचिव भरत गौतम, बाम बुद्धिजीवी नवीन रिमाल, संतोष श्रेष्ठ, बिक्रम कार्की, रविचन्द्र आचार्य, अविरल श्रेष्ठ लगायतको उपस्थिति तथा अतिथिहरुको मन्तब्य रहेको सो सम्मेलनबाट जिल्ला समन्वय समिति चयन भएको हो ।

नारायण बुढाथोकीको अध्यक्षतामा निर्वाचित नेपाल बुद्धिजीवी संगठनको समितिको उपाध्यक्षमा रामदेवी (रानु ) श्रेष्ठ, श्याम कुमार मैनाली, सचीवमा शिबजी प्रधान, सहसचीवमा फुर्बा तमाङ, कोषाध्यक्षमा शारदा श्रेष्ठ तथा सदस्यहरुमा महेश खड्का, शर्मिला सापकोटा, रोशन शर्मा, पवन खड्का, एम.के. न्यौपाने, चन्द्रशेखर अधिकारी, ठिलेन शेर्पा रामेश्वर न्यौपाने र सोमबहादुर बुढाथोकी रहेका छन् ।
प्रदेश सचिव भरत गौतमका अनुसार केन्द्रीय संयोजकको उपस्थितिमा सम्पन्न सो सम्मेलनबाट दोलखाली बुद्धिजीवीहरु उत्साहित भएका छन । संगठनका नवनिर्वाचित अध्यक्ष नारायण बुढाथोकीले सबै पालीकामा बैठक, भेला र सम्मेलनको थप अभियान चलाईने प्रतिबद्धता ब्यक्त गरेका छन ।
नारायण बुढाथोकीको अध्यक्षता र इन्द्रमणि न्यौपानेको सन्चालनमा सम्पन्न सो सम्मेलनमा मंतब्य दिने अतिथिहरुले मुलुकको बर्तमान जटिलतामा संगठनको कार्यभार बारे प्रशिक्षित गरेका थिए ।
वि.सं.२०७९ चैत १२ आइतवार १२:५४ मा प्रकाशित






























