back
CTIZAN AD

‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु

वि.सं.२०७९ चैत १२ आइतवार

735 

shares

काठमाडौंँ । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले सुरु भएको सौन्दर्य प्रतियोगीता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक ईप्लानेट सिंगापुरले एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको नयाँ संस्करणको तयारी सुरु भएको हो ।

आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने प्रतियोगीताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहनेछन् ।

आवेदन समेत खुल्ला गरिएको प्रतियोगीताको कार्यक्रम संयोजक सुसान सनफुर्मी कोह र स्थानिय कोअडिनेटर फन्तिप सृवारान्यो रहेका छन् । प्रतियोगीतामा मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागीता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए ।

हेरिटेज पेजेन्ट एउटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । जसले शान्ति, वातावरण, पर्यटन, संस्कृति र सबैभन्दा माथि विश्वव्यापी सम्पदालाई विश्वव्यापी परिप्रेक्ष्यबाट प्रवद्र्धन गर्ने प्रयास गर्दछ ।

‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ई–प्लानेट नेपालको आयोजना यो प्रतियोगीता पहिलो पटक २०१४ मा नेपालमा आयोजना गरिएको हो ।

प्रतियोगिताको दोस्रो संस्करण सन् २०१५ मा भारतको नयाँ दिल्ली, तेस्रो संस्करण सन् २०१६ मा श्रीलंका, चौथौं संस्करण सन् २०१९मा सिंगापुर तथा पाँचौं संस्करण सन् २०२२ मा मलेशियामा आयोजना भएको थियो ।

ईप्लानेट नेपाल सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो । ईप्लानेटले देश भित्र क्षेत्रिय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिता, सभा सम्मेलन, प्रदर्शनी एवं कर्पोरेट इभेन्टहरुको सफल व्यवस्थापन गर्दै आएको छ ।

वि.सं.२०७९ चैत १२ आइतवार १३:०३ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...