जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मिटरव्याजी पीडितको समस्या मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।
उनीहरुको आन्दोलनमा आफुहरुको ऐक्यबद्धता रहेको बताउँदै मुख्यमन्त्री यादवले भनेका छन्–‘ठूलो वेदना बोकेर काठमाडौं पुग्नु भएका मिटरव्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरु । तपाईको हरेक पाइलामा हाम्रो साथ छ ।
तपाईको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं, भाग्दैनौं पनि ।’
मुख्यमन्त्री यादवले प्रदेशबाट उठेको यो समस्या देशकै समस्या रहेको बताउँदै गरिब झन् गरिब हुने, सम्पत्ति समेत स्वाहा हुने राष्ट्रिय समृद्दिको वाधक यो समस्या विरुद्ध संयुक्त लड्न मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्धत वर्ग, चिन्तक, योजनाविद्, विज्ञहरुलाई आव्हान गरेका छन् ।

वि.सं.२०७९ चैत १५ बुधवार १२:१७ मा प्रकाशित






























