back
CTIZAN AD

एनएमबि बैंक खल्तीमा लिंक गर्दा बोनस र वम्पर उपहार

वि.सं.२०७९ चैत २७ सोमवार

867 

shares

काठमाडौं । खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिंक गर्ने सेवालाई विशेष रुपमा सक्रिय गरेको छ ।

अब एनएमबि प्रयोगकर्ताहरुले आफ्नो बैंक खाता लिंक गरि केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्नेछन् । खल्ती प्रयोगकर्ताले पहिलो पटक खल्तीमा एनएमबि बैंक लिंक गरे बापत रु. १०० बोनस पाउनेछन् । साथै, एक भाग्यशाली प्रयोगकर्ताले बम्पर पुरस्कारको रुपमा स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।

बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरी पहिलो भुक्तानी पुरा गरेका प्रयोगकर्ताहरुका लागि लागु हुनेछ । साथै, यस अफर अवधिमा आफ्नो लिंक गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्तामध्ये दुईजना भाग्यशाली प्रयोगकर्ताले अफर सकिए लगत्तै लक्की ड्र मार्फत स्मार्टफोन पनि जित्नेछन् । खल्ती प्रयोगकर्ताहरुले बैंक खाता लिंक गर्नका लागि उनीहरुको केवाईसी प्रमाणित हुनुपर्छ ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्तीसँग आफ्नो बैंक लिंक गर्न उत्सुकतापूर्वक पर्खिरहेका सबै एनएमबी प्रयोगकर्तालाई प्रोत्साहित गर्न हामीले यो अफर ल्याएका हौँ, साथै बैंक लिंक गर्ने यो सुविधाले भुक्तानी सहज मात्र नभई स्वतन्त्र रुपमा पैसा व्यवस्थापन गर्न पनि मद्दत गर्दछ ।’

खल्तीको बैंक लिंक सुविधाले प्रयोगकर्ताहरुले युटिलिटी बिल, क्यूआर स्क्यान गरी भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्नेजस्ता अन्य धेरै भुक्तानी सीधै र छिटै लिंक गरिएको बैंक खाताबाट गर्न सक्दछन् । यो अफर चैत २१ देखि जेठ ५, २०८० सम्म लागू हुनेछ । साथै, यदि बैंक खाता लिंक गरिएको छ भने खल्ती प्रयोगकर्ताले वालेट ब्यालेन्स लोड गर्न आवश्यक पर्दैन ।

वि.सं.२०७९ चैत २७ सोमवार ०८:४२ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...