काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौस्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ ।
समझदारीपत्रमा यस बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका थिए ।
पछिल्लो पटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै सम्पन्न उक्त समझदारी अनुसार सो बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
वि.सं.२०७९ चैत २७ सोमवार ०८:५३ मा प्रकाशित





























