प्रेम परियार, नर्बे । नर्वेमा रहेका नेपालीहरुले सामूहिक रूपमा शुभकामना तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयावर्ष २०८० भव्यरुपमा मनाएका छन् ।
नेपालीहरुको मौलिक चाडपर्व जन्मभूमिको बिशेष पहिचान र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले एनआरएनए र नेस्को नर्वेको आयोजनामा ब्mबतøचभल ( च्यािभ क्तभलभचकभलक ब्ििभ द्दद्ध मा शुभकामना आदान–प्रदान गरी नयाँवर्ष २०८० मनाईएको हो ।
नेपालीहरुको बाक्लो उपस्थिति रहेको सो हलमा अन्तराष्ट्रियस्तरमा चिर परिचित कलाकार नलिना चित्रकारको एकल प्रस्तुतिका साथमा अन्तर्राष्ट्रिय कलाकार बिष्णु क्षेत्रीको संगीत, स्थानीय कलाकारद्वारा प्रस्तुत नृत्यबाट दर्शकहरुले भरपूर मनोरंजन लिएका थिए ।
झण्डै ५ घण्टासम्म संचालित सो कार्यक्रममा विदेशी सहित महिला तथा बालबालिकाको बाक्लो उपस्थित रहेको थियो । नलिना चित्रकार तथा बिष्णु क्षेत्रीको प्रस्तुतिले हलमा उपस्थित दर्शकहरु निक्कै उत्साहित भै सामूहिक नाचगान गरी रमाएका थिए ।

लामो समयपछिको भेटमा दर्शकहरुले एक आपसमा २०७९ लाई विदाई गरी नयाँवर्ष २०८० को शुभकामना आदान–प्रदान गरी भब्यरूपमा मनाएका हुन् ।
नेपाली विद्यार्थीहरुको साझा संगठन आयोजक नेस्को नर्बेले निःशुल्क रूपमा हल उपलब्ध गराई नेपाली समुदायका लागि ठूलो सहयोग पुर्याएको थियो । साथै संस्थाको तर्फबाट स्वयंसेवक परिचालन समेत गरिएको थियो ।
कारीब २५० जनाको बाक्लो उपस्थितसहित नेपाली भेषभुषामा दर्शकहरुको पहिरन र बाक्लो भिड़ले नेपालीहरुको मौलिक पहिचान र संस्कृति अनुभूति गर्न सकिने सो कार्यक्रममा एन.आर.एन.ए नर्वेका अध्यक्ष जीवन बहादुर शाही, संरक्षकद्वय प्राध्यापक डा.विशाल सिटौला, नयन मल्ल, नेस्को अध्यक्ष सैलेश धिताल, नाजर चौधरी, रावल पिण्डी ववेलफÞर सोसाईटी पाकिस्तान अमीरान अमरासीहम र आरबाईट पार्टी ओस्लोबाट डा. राजा खुरामले नेपाली नयाँवर्ष २०८० का अवसरमा स्वागत र छोटो शुभकामना मतव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यतिर एनआरएनए महासचिब बिष्णु गौतमले गरेको ब्यबस्थापन सह्रानिय कार्यले कार्यक्रम आकर्षक र पूर्ण व्यवस्थित देखिएको थियो ।
कार्यक्रमलाई सफल तथा सुन्दर मनमोहक बनाउन नलिना चित्रकार र बिष्णु क्षेत्री लगायत कलाकारलाइ गैरआवासिय नेपाली संघ राष्ट्रिय परिषद नर्वेका अध्यक्ष जिबन बहादुर शाही र संरक्षक नयन मल्लले संयुक्तरुपमा मायाको चिनो प्रदान गरेका थिए । साथै आफ्नो आकर्षक नृत्यले उपस्थित दर्शकलाइ मनोरंजन गराउनुहुने सम्पूर्ण स्थानिय कलाकारहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमलाई प्रत्यक्ष–अप्रत्यक्ष विशेष सहयोग पूर्याउने फोटो पत्रकार गणेश सुनार कार्यक्रममा उपस्थित अन्य द्वारिका महर्जन, सन्तोष बर्तौला, नेपाली स्कूल रोमसोस र अनुष खड़कालाई आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।
एनआरएनए उपाध्यक्ष नबराज (राजन) अधिकारीले संचालन गरेको उक्त कार्यक्रममा सम्पूर्ण नेपाली समुदायका साथै एनआरएनए सलाहकार पवित्र बस्नेत, आई सी.सी सदस्य राजु अर्याल, यूरोप युवासंयोजक किरण गुरूंङ विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि स्वदेशी तथा विदेशीहरुको पनि सहभागिता रहेको थियो ।
वि.सं.२०७९ चैत २८ मंगलवार १३:०३ मा प्रकाशित






























