back
CTIZAN AD

एकैदिन कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

वि.सं.२०८० वैशाख ५ मंगलवार

1.1K 

shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मंगलबार एकैदिन दुई जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई संक्रमितको ज्यान गएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो घटनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २५ पुगेको छ ।

मन्त्रालयले जनाएअनुसार पछिल्लो समय संक्रमितको संख्यामा पनि निकै बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २९२ जनाको स्वाब परीक्षण गर्दा थप एक सय ७१ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयले जनाएअनुसार थपिएका संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या तीन सय ९७ जना पुगेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा २२, आइसीयूमा ८, भेन्टिलेटरमा राखेर ४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सहरी क्षेत्र तथा जनघनत्व बढी भएको क्षेत्रमा संक्रमित बढी देखिएका छन् । मन्त्रालयले थप सर्तकता अपनाउन पनि आग्रह गरेको छ ।

वि.सं.२०८० वैशाख ५ मंगलवार १८:१२ मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...