back
CTIZAN AD

‘लम्पी स्कीन’ रोगका कारण धमाधम पशु मर्न थालेपछि समस्यामा किसान

वि.सं.२०८० वैशाख ११ सोमवार

756 

shares

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन ।

रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ । गाई गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्नेलगायतका लक्षण देखा पर्ने गरेको छ । घाउमा किरा पर्ने र पशुको मृत्यु हुने गरेको छ ।

पशु चिकित्सकका अनुसार सो रोगबाट सङ्क्रमित भएका दुधालु पशुले दूध घटाउँदै लैजाने गर्दछन् । गत वर्ष लम्पी स्कीन रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का व्यावसायिक रुपमा गाईपालनमा लागेका किसानको फार्ममा देखा परेको थियो ।

हाल यो रोग व्यापकरुपमा फैलिएको छ । सुदूरपश्चिमका कैलाली कञ्चनपुरदेखि पहाडी र हिमाली जिल्लामा लम्पी स्कीन रोग देखा पर्न थालेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले जानकारी दिए । उनका अनुसार हालसम्म यस रोगबाट प्रदेशका नौवटै जिल्लामा दश हजार बढी पशु सङ्क्रमित भएका छन् । एक सय बढी पशुको यसै रोगका कारण मृत्यु भइसकेको छ ।

“रोगको सङ्क्रमण फैलिन नदिनका लागि किसानले सजग हुनु पर्छ”, उहाँले भने, “रोग देखा परेका गाई गोरुलाई अलग्गै राखी सरसफाई गर्ने र आवश्यकताका आधारमा पशु चिकित्सक वा प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।” सरुवा रोग भएकाले अरु पशुमा सङ्क्रमण फैलिन नदिनका लागि पशुपालक किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे जानकारी दिन आवश्यक रहेको उहाँले उल्लेख गरे ।

उनका अनुसार सबैभन्दा बढी यस रोगबाट गाई, गोरु र बाच्छाबाच्छी प्रभावित भएका छन् । थोरै भैँसीमा समेत यो रोग देखा परेको छ । भारतीय घुमन्ते व्यापारीले बिक्रीका लागि ल्याउने पशुबाट यो रोग फैलिएको आशंका स्थानिय पशुपालकले गरेका छन् । “रोगको निदानका लागि गाई गोरुको ओसार पसार र बेचबिखनको कार्य रोक्नु नितान्तै जरुरी छ”, शुक्लाफाँटा नगरपालिकाका पशु शाखाका अधिकृत नारायणदत्त भट्टले भने, “गाई गोरुलाई चराउन लैजाने कार्य बन्द नहँुदासम्म सङ्क्रमण रोक्न कठिन छ ।”

रोगलाई महामारीका रुपमा फैलिन नदिनका लागि किसानलाई सर्तक गराइनुपर्ने उनको भनाइ रहेको छ । लम्पी स्कीन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिङ्गा(स्टोमोक्सीस), किर्नालगायतबाट सर्ने गर्दछ । यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार गरिन्छ ।

पक्स भाइरस समूहको लम्पी स्कीन डिजिज भाइरसबाट सर्ने रोग हो । नेपालमा पहिलो पटक यो रोग विसं २०७७ मा मोरङ जिल्लामा देखा परेको थियो । रासस

 

वि.सं.२०८० वैशाख ११ सोमवार १०:५८ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...