back
CTIZAN AD

आइएमई लाइफले दियो सातै प्रदेशका प्रतिनिधिलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम

वि.सं.२०८० वैशाख ११ सोमवार

735 

shares

काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । कम्पनीले गत बिहीबार सो सम्बन्धी तालिम सम्पन्न गरेको छ हो ।

काठमाडौंमा आयोजित उक्त तालिम कार्यक्रममा सातै प्रदेश अन्तर्गतका प्रमुख, क्षेत्रीय प्रमुख तथा ब्यवस्थापन समूह गरी ३० जनाको सहभागिता रहेको थियो ।

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैंक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धी कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो ।

कम्पनीका कम्प्लायन्स प्रमुख ममता जयसवालले सम्पति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत प्रशिक्षण गराएका थिए ।

गैर कानुनी कमाइ र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धिकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रक्रियाहरु के के हुन, रिपोटिङ कसरी गर्ने आदि बिषयमा बिस्तृत जानकारी दिइएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यले सम्पत्ति शुद्धिकरण प्रक्रिया र औचित्य बारेमा प्रकाश पारेका थिए ।

वि.सं.२०८० वैशाख ११ सोमवार ११:१२ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...

नेपाल लाइफको विशेष योजना: व्यतीत बीमालेख पुनर्जागरणमा १००% विलम्ब शुल्क छुट

नेपाल लाइफको विशेष योजना: व्यतीत बीमालेख पुनर्जागरणमा १००% विलम्ब शुल्क छुट

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो २५औँ...

सेयर कारोबार हप्ताकाे पाँच दिन मात्र हुने

सेयर कारोबार हप्ताकाे पाँच दिन मात्र हुने

काठमाडौं: सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने...