काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् ।
सोमबार बिहान बसेको प्रदेश सभाको बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री गिरीले प्रयाप्त मत नपाएपछि पदमुक्त हुनु परेको हो ।
८७ सदस्यीय प्रदेश सभामा ४४ सांसदको मत आवस्यक रहेकोमा उनले एमालेका २९ र राप्रपाका ४ गरी ३३ मत मात्र प्राप्त गरेका छन् ।
माओवादी लगायतका गठबन्धनमा रहेका दलहरुले चैत १३ गते उनलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले प्रदेशसभा बैठकबाट दोस्रोपटक विश्वासको मत लिनु परेको हो ।
गिरी पदमुक्त भएसँगै कांग्रेस लगायतका गठबन्धनमा रहेका दलहरुले कांग्रेसका डिल्ली चौधरीलाई प्रदेशको मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।
वि.सं.२०८० वैशाख ११ सोमवार १३:३२ मा प्रकाशित






























