back
CTIZAN AD

उपनिर्वाचन : बारा–२ मा मतगणना सुरु,सुरुआती अग्रता कस्ले लिएको छ त ?

वि.सं.२०८० वैशाख ११ सोमवार

714 

shares

बारा । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज अपराह्न १२ः४० बजेदेखि सुरु भएको छ । बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा बिहान १० बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले दिउँसो १२ः४० बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

प्रारम्भिक मतपरिणामअनुसार बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई सय २४ मतका साथ सुरुआती अग्रता लिएका छन् । जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले एक सय ७० मत प्राप्त गरी दोस्रोमा रहेका छन् भने नेकपा (एमाले)का पुरुषोत्तम पौडेल एक सय ६६ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएर चौथो स्थानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नं २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

वि.सं.२०८० वैशाख ११ सोमवार १४:४३ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...