काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् ।
उनले जेठ १४ बाट बैंकमा कार्यभार शुरु गर्ने बताए । चार बर्षका लागि थकाली प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थकालीसँग अन्य दुई संस्थामा समेत नेतृत्व गरेको अनुभव छ ।
प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर उनले २ वर्ष बिताएका थिए । यसबाहेक सांग्रिला डेभलपमेन्ट बैंकमा पनि उनी कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । सांग्रिलाबाट उनी प्रभु बैंक आएका थिए । बैंककै सहायक कम्पनी प्रभु क्यापिटलमा दुई बर्ष बिताएपछि उनलाई उच्च ब्यवस्थापनले एक महिना अगाडि मात्र प्रमुख ब्यवसाय अधिकृतको जिम्मेवारीसहित फिर्ता बोलाएको थियो ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका थकालीसँग बैंक ऋण, निक्षेप बजारीकरणदेखि पुँजी बजारसम्मको राम्रो ज्ञान छ ।
वि.सं.२०८० वैशाख १५ शुक्रवार ०८:२० मा प्रकाशित





























