काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र (एईपिसी) मा अव महिला नेतृत्वको संभावना बढेर गएको छ ।
बैकल्पिक उर्जाको कार्यकारी निर्देशक नियुक्त गर्नका लागि अन्तिम तीनजना विज्ञहरूको नाम सार्वजनिक भएसंगै डा किरण गौतमको संभावना बढेर गएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिस समितिको बैशाख १४ गतेको निर्णयानुसार जल तथा ऊर्जा आयोगको सचिवालयकी सिनियर डिई डा. किरण गौतम, एईपिसीका कामु कार्यकारी निर्देशक नवराज ढकाल र एईपिसीकै निर्देशक डा. सूर्यकुमार सापकोटा अन्तिम शिफारीसमा परेका छन् ।
सो पदका लागि दरखास्त आह्वान भएकोमा २१ आवेदकमध्ये १४ जना प्रारम्भिक छनोट (सर्ट लिष्ट) मा परेका थिए ।
प्रारंम्भिक छनौटमा परेका डा. अजयकुमार झा, डा. किरण गौतम, डा. देवकुमार शाह, नवराज ढकाल, नारायण प्रसाद अधिकारी, डा. प्रकाश थापा, डा. रणबहादुर थापा, डा.लक्ष्मण प्रसाद घिमिरे, डा.लक्ष्मण पौडेल, लेखनाथ बगाले, लोकराज पाठक, विकास अधिकारी, सजिव पोखरेल र सूर्यकुमार सापकोटामध्ये गौतम, ढकाल र सापकोटा कार्यायोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा प्रतिस्पर्धाको अन्तिममा पुगेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट नवीकरणीय ऊर्जामा स्नातकोत्तर गरेकी गौतमले ऊर्जा योजना अन्तर्गत बिशेषत माग र आपूर्तिमा विद्यावारिधी गरेकी छन् । पिएचडी गरेकी, ईन्जीनियर रहेकी र यस क्षेत्रमा लामो अनुभव भएकी किरण प्रमुख कार्यकारी बन्दा बैकल्पीक उर्जाको २६ बर्षको ईतिहांसमा उनले आयाम थप्ने संभावना रहेको छ ।
वि.सं.२०८० वैशाख १५ शुक्रवार १३:५९ मा प्रकाशित




























