काठमाडौं । नेपाली बजारमा निरन्तर उतार–चढाव आइरहेको सुनको भाउ आजको बजारमा भने ६ सयले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको बजारमा प्रतितोला १ लाख ९ हजार पाँच सय रुपैयाँले कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारको बजारमा प्रतितोला पाँच सयले घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आजको बजारमा तेजावी सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघद्वारा जारी विवरणमा उल्लेखछ ।
वि.सं.२०८० वैशाख १५ शुक्रवार १४:२७ मा प्रकाशित




























