back
CTIZAN AD

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

वि.सं.२०८० वैशाख १९ मंगलवार

909 

shares

काठमाडाैं । माई खोला हाइड्रोपावर लिमिटेडकाे शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले मंगलबार शेयर बाँडफाँट गरेकाे हाे ।

कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्ध भएका छन् ।

त्यसअनुसार कम्पनीको आईपीओमा १२ लाख ७३ हजार ८९१ जनाको योग्य आवेदन परेको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले वितरण भएको छ ।

त्यसअनुसार योग्य आवेदकमध्येबाट १ लाख २६ हजार ९४१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमध्येबाट पनि एक जना भाग्यमानीले थप एक कित्ता शेयर पाएका छन् ।

आइपिओ बाँडफाँटको नतिजा https://iporesult.cdsc.com.np बाट र मेरो सेयरको एपबाट पनि थाहा पाउन सकिन्छ ।

वि.सं.२०८० वैशाख १९ मंगलवार १२:४९ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...