काठमाडौं । मोदी ईनर्जी लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात २९ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट पश्चात बाँकी रहको २० लाख ९५ करोड ६१० कित्ता तथा सर्वसाधारणलाई छुट्टयाईएको जारी पूँजीको १५ प्रतिशत अर्थात ४३ लाख ५० हजार कित्ता गरी ६४ लाख ४५ हजार ६१० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । साथै २ प्रतिशत अर्थात १ लाख २८ हजार ९१० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख २२ हजार २८० कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ५९ लाख ९४ हजार ४२० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कसरी आवेदन दिने ?
कम्पनीले निष्काशन गरेको आईपीओमा बैशाख १९ देखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०८० वैशाख १९ मंगलवार १२:५९ मा प्रकाशित

























