back
CTIZAN AD

कक्षा १२ को परीक्षाको तयारी पूरा, चार लाख ६७ हजारले परीक्षा दिँदै

वि.सं.२०८० वैशाख २५ सोमवार

753 

shares

भक्तपुर । मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरेका छन् । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरेका छन् ।

कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिए ।

“परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पु¥याइएको छ”, शर्माले भने । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

 

वि.सं.२०८० वैशाख २५ सोमवार २०:२१ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...