back
CTIZAN AD

कलेजहरुको मनपरी विज्ञापनमा महानगरको लगाम,६१ जना समातिए

वि.सं.२०८० वैशाख २९ शुक्रवार

759 

shares

काठमाडौं । महानगरपालिका क्षेत्र भित्रका विभिन्न ठाउँमा पर्चा फ्याँकेर फोहर गर्ने ६१ जनालाई शुक्रबार विहान महानगर प्रहरीले पक्राउ गरेको छ ।

माध्यामिक शिक्षा अन्तर्गत कक्षा १२ को अन्तिमा परिक्षा चलिरहँदा परिक्षा केन्द्र रहेका विद्यालय आगाडीका सार्वजनिक स्थानहरुमा विभिन्न शैक्षिक परामर्श केन्द्र तथा नीजि कलेजहरुले पर्चा फ्याँकेर फोहर गर्ने गरेका थिए ।

स्थानीयले सार्वजनिक स्थानमा फोहर भएको गुनासो गरेपछि तीन दिन लगाएर सूचना संकलन गरि फोहर गर्न संलग्नलाई महानगरले पक्राउ गरेको  छ ।

No description available.

पक्राउ परेकाहरु विभिन्न २५ शैक्षिक संस्थाले पर्चा बाँड्न परिचालन गरेका व्यक्तिहरु रहेको महानगर प्रहरी बलका एक अधिकृतले जानकारी दिए । पक्राउ परेकाहरुबाट संस्थागत कसुरका आधारमा न्यूनतम पाँच हजार जरिवाना गरिने ती अधिकृतले जानकारी दिए ।

अघिल्ला वर्षहरुमा पनि कक्षा १२ को परिक्षा चलिरहँदा परिक्षा केन्द्रहरु अगाडी पर्चा छरेर फोहोर गर्ने विभिन्न शैक्षिक परामर्शकेन्द्र तथा नीजि कलेजहरुलाई जरिवाना गर्ने गरिएको थियो ।

महानगरले पक्राउ गरि जरिवाना गर्दा पनि च्याउ झैं खोलिएका शैक्षिक परामर्श केन्द्रहरुले गर्ने फोहर भने रोकिएको छैन । यसले संस्कृतिक शहरको रुपमा चिनिएको काठमाडौं महानगरको शौन्दर्यमा नै गम्भिर असर परिरहेको भन्दै संस्कृतिक अभियान्तहरुले चिन्ता व्यक्त गरेका छन् ।

No description available.

वि.सं.२०८० वैशाख २९ शुक्रवार १३:०६ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...