काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद टोप बहादुर रायमाझी पक्राउ परेको सूचना सुनाइएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमीरेले रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार राति पक्राउ परेको सूचना बैठकमा जानकारी गराएका हुन् ।
गजेन्द्र बुढाथोकी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी केशवप्रसाद दुलाल समेत भएको ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनसन्धानका क्रममा टोप बहादुर रायमाझीलाई आइतबार राति अन्दाजी ८ः२५ बजेको समयमा काठमाडौं बुढानिलकण्ठ ४ बाट पक्राउ गरीएको सभामुखले जानकारी दिए ।
जिल्ला प्रहरी परिसले सांसद रायमाझी पक्राउ परेको सूचना सोमबार सदनलाई पत्रमार्फत् जानकारी गराएको थियो ।
वि.सं.२०८० जेठ १ सोमवार १६:५२ मा प्रकाशित






























