back
CTIZAN AD

कनेक्ट आईपीएसको अफर : रिफर गर्ने र लिने दुवैलाई २५/२५ रुपैयाँ

वि.सं.२०८० जेठ २ मंगलवार

987 

shares

काठमाडाैं । कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर अन्तर्गत प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तलाई कनेक्ट आईपीएसमा रजिस्टर हुनका लागि ‘रिफर’ गर्न सक्नेछन् । उक्त अफर अन्तर्गत २०८०, जेष्ठ १ गते देखि असार ३१ गतेसम्म ‘रिफरर’ अर्थात रिफर गर्ने प्रयोगकर्ताले २५ रुपैयाँ आफ्नो बैंक खातामा र ‘रिफरी’ अर्थात रिफर प्राप्त गर्नेले २५ रुपैयाँको मोबाइल टप–अप प्राप्त गर्न सक्नेछन् ।

यो अफरको फाइदा लिन ‘रिफरर’ले आफ्ना साथी तथा आफन्तजनहरूलाई आफ्नो ‘रिफरल कोड’ दिनुपर्ने हुन्छ । ‘रिफरी’ले भने कनेक्ट आईपीएसमा नयाँ यूजर रजिस्टर गर्दा उक्त ‘रिफरल कोड’ राखेर एक पटक आफ्नो मोबाइल नम्बर र ईमेल आईडी भेरीफाई गरे पश्चात ‘रिफरर’ले २५ रुपैयाँ आफ्नो बैंक खातामा र ‘रिफरी’ले २५ रुपैयाँको मोबाइल टप–अप प्राप्त गर्नेछन् ।

‘रिफरर’ले आफ्नो ‘रिफरल’ कोडसँगै लिङ्क पनि शेयर गर्न सक्नेछन् र ‘रिफरी’ले उक्त लिङ्क क्लिक गरी www.connectips.com वा मोबाइल एपमार्फत नयाँ युजर बनाउन सक्नेछन् ।

कनेक्ट आईपीएस बैंकका ग्राहकहरूका लागि एकै प्लेटफर्ममार्फत एक भन्दा बढी खाता लिङ्क गरी फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानी गर्नका लागि सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेबसाइटमार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रति कारोबार दुई लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ ।

यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक जरिवाना, शेयर कारोबार, नेपालपे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानी गर्न सकिन्छ ।

कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको चैत्र मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत २८ खर्ब ५० अर्ब रुपैयाँ बराबरको तीन करोड ६० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेका छन् ।

वि.सं.२०८० जेठ २ मंगलवार १२:५९ मा प्रकाशित

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...