back
CTIZAN AD

बालकृष्ण खाँणलाई किन कारबाही गरेन कांग्रेसले ?

वि.सं.२०८० जेठ २ मंगलवार

918 

shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँणमाथि नेपाली कांग्रेसले हालसम्म कुनै कारबाही गरेको छैन । प्रकरणबारे छानबिन चलिरहँदा कांग्रेसमाथि खाँणलाई निलम्बन गरी छानबिनका लागि सहयोग गर्न दबाब बढ्दो छ । मंगलबार कांग्रेसको पत्रकार सम्मेलनमा पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि धेरै पत्रकारको प्रश्न खाँणमाथि किन कारबाही नगरिएको भन्ने कोणबाट थियो ।

तर, कांग्रेसले तत्काल खाँणमाथि कारबाही प्रक्रिया अगाडि नबढाउने देखिएको छ । कांग्रेस प्रवक्ता डा. महतका अनुसार खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेकाले कारबाही प्रक्रिया अगाडि नबढाइएको हो ।

“नक्कली शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको छ । यो प्रकरणमा पक्राउ परेका नेता खाँणले निर्दोष छु, सावित गर्छु भन्नुभएको छ”, महतले भने, “त्यसैले निर्दोष सावित गर्छु भनेपछि पार्टीले निलम्बनको निर्णय नगरेको हो ।”

तर, छानबिन प्रक्रिया निष्पक्ष र स्वतन्त्ररुपमा होस् भन्नेमा कांग्रेस रहेको उनको दाबी छ । उनले भने, “अनुसन्धान चलिरहेको छ । निष्पक्ष र स्वतन्त्र रूपमा होस् । त्यसका लागि पूर्ण सहयोग गर्न कांग्रेस तयार छ, दोषी कोही नउम्किउन र निर्दोष कोही नफसून् ।”

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितको बयानअनुसार प्रहरीले खाँणलाई वैशाख २७ मा उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले प्रकरणबारे उनको अन्तिम बयान मंगलबार लिने तयारी गरेको छ ।

वि.सं.२०८० जेठ २ मंगलवार १२:४९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...