back
CTIZAN AD

रेशम चौधरीबारे सर्वोच्चको फैसलाप्रति डा. बाबुरामको आपत्ति

वि.सं.२०८० जेठ ३ बुधवार

783 

shares

काठमाडौं । टिकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेल जीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशक चौधरीबारे सर्वोच्च अदालतले सुनाएको फैसलाप्रति डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

आठजनाको ज्यान जाने गरी भएको टिकापुर हत्याकाण्डका दोषी चौधरीले जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएपनि सर्वोच्चले मंगलबार उच्चकै फैसला सदर गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराईले आपत्ति जनाएका हुन् ।

‘अदालत र न्यायाधीशले पुराना/विद्यमान कानून, नजीर, सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउछन् । क्रान्तिकारीले पुरानो/विद्यमानसंग विद्रोह गरेर नयाँ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्,’ डा. भट्टराईले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् सलाम !!’

वि.सं.२०८० जेठ ३ बुधवार ०८:३२ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...