back
CTIZAN AD

घट्यो लामो दुरीको सवारीसाधनको भाडा, कहाँको कति ?

वि.सं.२०८० जेठ ३ बुधवार

1.2K 

shares

काठमाडौँ । सरकारले लामो दुरीकाे सवारीसाधनको भाडा घटाएको छ । गएराती नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटाएको हो । घटेको मूल्य आजकै मितिदेखि लागू हुने गरी कार्यान्वय हुने यातायात व्यवस्था विभागले सूचना जारी गर्दै जनाएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा भाडा घटेको विभागले जानकारी गराएको छ । जसअनुसार सार्वजनिक सवारीमा ३ दशमलव २० प्रतिशत, पहाडी वाटामा संचालन हुने मालवाहक सवारी साधनमा ४ दशमलव १९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ४ दशमलब ६५ प्रतिशत घटाइएको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ ।  यसअघि डिजेल र मट्टीतेलको मूल्य १६५ रुपैयाँ तोकिएको थियो ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

वि.सं.२०८० जेठ ३ बुधवार १२:४९ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...