काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । जसको लागि उनी अपरान्ह ४ बजे सम्बोधनका संसद भवन जाँदैछन् ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरिने गरिएको थियो । तर, यसपटक राष्ट्रपति जाँदा र फर्किँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने भएको छ।
संघीय संसद भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम वाचनका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउँदा र फर्किँदा सर्वसाधारणको सडक आवातजावतमा रोक नलगाइने भएको हो।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताएअनुसार घोडेजात्राको जस्तै साधारण सवारी हुनेछ । राष्ट्रपति संसद जाँदा सर्वसाधारणले सास्ती नपाउने उनले जनाए ।
वि.सं.२०८० जेठ ५ शुक्रवार १३:५५ मा प्रकाशित






























