Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

टीआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन



काठमाडौं । कानुन न्याय तथा मानव अधिकार समितिले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप विधेयकमाथि छलफल गर्न उपसमिति बनाएको छ । शुक्रबार बसेको समितिको बैठकले ११ सदस्यीय उपसमिति बनाएको हो ।

११ सदस्यीय उपसमितिमा कांग्रेस र एमालेका दुई/दुई जना र अन्य दलका आठ जना छन् । द्वन्दका पीडित पक्ष, आयोगका पूर्व पदाधिकारी, मानव अधिकार आयोग लगायतसँग छलफल गरी उपसमितिले प्रतिवेदन तयार पार्ने छ । ११ सदस्यीय उपसमितिलाई तीन हप्ताको समय दिइएको छ ।

वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले गत २५ फागुन २०७९ मा संसदमा दर्ता गराएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।