काठमाडौं । सरकारले आज संसदमा प्रस्तुत गर्ने २०८०/०८१ को नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
उक्त नीति तथा कार्यक्रम अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिदैं
वि.सं.२०८० जेठ ५ शुक्रवार १४:२८ मा प्रकाशित






























