काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छानबिनको दायरामा ल्याउन माग उठेको छ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले यस्तो माग उठाएका हुन् ।
एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा उनले तत्कालिन प्रधानमन्त्री सहयोग बिना यो प्रकरण हुन नसक्ने बताए ।
“प्रधानमन्त्रीको बिना उपस्थिति यो सम्भव नै छैन, जुन जुन बेलाको हो, त्यसलाई छानबिनमा ल्याउनुपर्छ”, शाहले भनेका छन्, “कुन–कुन बेला शरणार्थी गए रेडर्क छँदैछ, रेकर्ड छ त्यहीँबाट छानबिन गरे हुँदैन ?”
उजुरी र बयानका आधारमा मात्रै छानबिन गर्न नहुने उनको भनाई छ ।
शाहले अन्य प्रकरणमाथि पनि छानबिन गर्न माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विभिन्न प्रकरणमा छानबिन गर्नुपर्छ भनेको विषय निकै महत्वपूर्ण भएको उनको भनाई छ ।
वि.सं.२०८० जेठ ५ शुक्रवार १४:३७ मा प्रकाशित






























