back
CTIZAN AD

मुगुको सोरु गाउँ पालिकामा न्यायिक प्रशिक्षण तालिम

वि.सं.२०८० जेठ ७ आइतवार

792 

shares

मुगु । मुगु जिल्लास्थित सोरु गाउँपालिकामा पहिलोपटक युवायुवतीलाई न्यायिक प्रशिक्षण तालिम संचालन गरिएको छ ।

‘हाम्रो समस्या हामै्र समाधान’ भन्ने मुल नारासहित सोरु गाउँपालिकाको आयोजना र जनअधिकार संरक्षण मञ्चको प्राबिधिकमा शनिबारदेखि सुरु गरिएको प्रशिक्षकमा पालिकाको १ देखि ११ वडाभित्रका ३० युवायुवतीलाई ८ दिने ४८ घण्टे न्यायिक प्रशिक्षण प्रारम्भ गरिएको छ ।

उक्त प्रशिक्षणमा मुख्य प्रशिक्षक लुम्बिनी प्रदेश नेपालगञ्ज उच्च अदालतका न्यायाधिश बामदेब ज्ञवाली र कानुन व्यवसायी सारदा अधिकारी रहेका छन् ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा मुगु जिल्ला अदालतका न्यायाधिश दिल कुमार बर्देवाले अदालतको न्याय भन्दा गाउँतिरको मेलमिलाप दिगो हुने बताए । गाउँघरका स–साना झै झगडा मिलापत्र गर्ने मुख्य काम न्यायिक समितिको रहेको बताउँदै उनले भने–ठूला फौजदारी अभियोगको फैसला गर्ने काम भने जिल्ला अदालतको हो ।

सबै स्थानीयतह वडास्तरमा न्यायिक समिति सक्रिय बनाउने व्यवस्था संबिधानको कानुनमै उल्लेख गरिएको प्रशिक्षक बामदेव ज्ञवाली भन्छन् । गाउँ बस्तीलाई शान्ति कायम गर्ने मुख्य जिम्मेवारी न्यायिक समितिको रहेको उनले भने ।

सोरु गाउँपालिकाको अघिल्लो ५ बर्षे कार्यकालमा ओझेलमा पारिएको न्यायिक समिति दोश्रो कार्यकालका जनप्रतिनिधिहरुले सक्रिय बनाई वडातहका झै–झगडा वडामै मिलापत्र गर्ने कामलाई पहिलो प्राथमिता दिएर न्यायिक समिति प्रभावकारी बनाउन खोजिएको छ ।

चार शब्दले बनेको मिलापत्रलाई सोरु गाउँपालिकामा प्रभावकारी बनाउन न्यायिक समिति सक्रिय बनाउन खोजिएका पालिकाका अध्यक्ष धर्मबहादुर शाही बताउँछन् । वडाका समान्य मुद्दा लिएर जिल्ला अदालत पुग्दा वादी र प्रतिवादीलाई धेरै खर्च र बढी दुःख भोग्नु परेको हुँदा त्यस्ता झगडा वडामै मिलापत्र गर्न न्यायिक समिति आबश्यक देखिएको उनको भनाई छ ।

गत फागुन २ गते न्यायिक समितिको बैठक बसेर सूचना जारी गरि वडा तहबाट न्यायिक समितिका सहकर्ता छनौट गरिएको न्यायिक समितिका संयोजक एबम् पालिका उपाध्यक्ष केशरबहादुर शाहीले भने । सूचना जारी गर्दा ६५ जनाको दरखास्त परेको र अन्तिममा ३० जना छनौट गरि न्यायिक प्रशिक्षकमा सहभागी गरिएको हो । अधिकांस सहजकर्ता पलसटु पास र केही एसईई रहेको उपाध्यक्षले बताए । पालिकामा अब घरदैलोको झगडा घरदैलोमै समितिले मिलापत्र गरि शान्ति कायम गर्ने आसा गरिएको छ ।

 

वि.सं.२०८० जेठ ७ आइतवार ११:३६ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...