Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

मुगुका स्कुलमा अपाङ्गमैत्री शौचालय निर्माण



मुगु । जिल्ला अन्तर्गत सोरु गाउँपालिकाको सामुदायिक बिद्यालयमा अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ ।

ग्रामिण सामुदायिक संस्थाको सहजीकरणमा अपाङ्गता अधिकार तथा शिक्षा सुदृढीकरण परियोजनाको आर्थिक सहयोगमा सोरु गाउँपालिकाको भीई आधारभूत बिद्यालय भामबाडामा ३ लाख बजेटमा अपाङ्गगतामैत्री शौचालय निमाण गरिएको हो ।

त्यसैगरी उक्त गाउँपालिकाको रावलबाडा दलित बस्तीमा रहेको सर्किदेब बिद्यालयमा पनि ३ लाख बजेटमा उक्त संस्थाले अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ । बिद्यालयमा संस्थाले अपाङ्गमैत्री शौचालय निर्माण गरेपछि बिधार्थीहरु शौच गर्न सहज भएको पालिकाका अनगमन समितिका संयोजक तथा उपाध्यक्ष केशरबहादुर शाहीले बताए ।

शौचालयको निर्माण गुणस्तर रहेको उनको भनाई छ । उक्त संस्था अन्त्र्रगत बहुभाषिक परियोजनाले पालिकाको वडानं ८, १० र ११ मा बिद्यालयका कक्षाकोठा व्यबस्था गरि बिद्यार्थीहरु पठन पाठनमा सुबिधा कायम गरेको छ । पालिकाभित्र रहेका ३४ वटा सामुदायिक बिद्यालयमा कुसन, कार्पेट, पिफर्म, फिल्टर, गिलास, जुत्ता रयाक, लगायत ४८ प्रकारका स्कुल समाग्री उपलब्ध गराएको ग्रामिण सामुदायिक संस्थाका कार्यकारी संयोजक बासु रावलले बताए ।

संस्था अन्तर्गत सामुदायिक प्रगतिका लागि मुगु परियोजनाले पालिकाको वडानं १ र २ का ४५ जनालाई उन्नतजातका बाख्रा र १ सय १० जनालाई तरकारी उत्पादनको लागि ग्रिनहाउस उपलब्ध गराएको छ ।

त्यसैगरी उक्त परियोजनाले १ सय जनालाई खरायो दिएको छ । ग्रामिण सामुदायिक संस्थाले लागु गरेको कार्यक्रम प्रभावकारी देखिएको पालिका वडानं २ का वडाध्यक्ष ऐनबहादुर शाहीले जानकारी दिए ।

संस्थाले छिटफुट भएका समुदायलाई समेटेर कार्यक्रममा समाबेश गर्नुपर्ने अध्यक्षको भनाई छ । युएमएन संस्थाको आर्थिक सहयोगमा ग्रामिण सामुदायिक संस्थाले पालिकास्तरमा कार्यक्रम लागु गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।