back
CTIZAN AD

मुगुका स्कुलमा अपाङ्गमैत्री शौचालय निर्माण

वि.सं.२०८० जेठ ७ आइतवार

1.2K 

shares

मुगु । जिल्ला अन्तर्गत सोरु गाउँपालिकाको सामुदायिक बिद्यालयमा अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ ।

ग्रामिण सामुदायिक संस्थाको सहजीकरणमा अपाङ्गता अधिकार तथा शिक्षा सुदृढीकरण परियोजनाको आर्थिक सहयोगमा सोरु गाउँपालिकाको भीई आधारभूत बिद्यालय भामबाडामा ३ लाख बजेटमा अपाङ्गगतामैत्री शौचालय निमाण गरिएको हो ।

त्यसैगरी उक्त गाउँपालिकाको रावलबाडा दलित बस्तीमा रहेको सर्किदेब बिद्यालयमा पनि ३ लाख बजेटमा उक्त संस्थाले अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ । बिद्यालयमा संस्थाले अपाङ्गमैत्री शौचालय निर्माण गरेपछि बिधार्थीहरु शौच गर्न सहज भएको पालिकाका अनगमन समितिका संयोजक तथा उपाध्यक्ष केशरबहादुर शाहीले बताए ।

शौचालयको निर्माण गुणस्तर रहेको उनको भनाई छ । उक्त संस्था अन्त्र्रगत बहुभाषिक परियोजनाले पालिकाको वडानं ८, १० र ११ मा बिद्यालयका कक्षाकोठा व्यबस्था गरि बिद्यार्थीहरु पठन पाठनमा सुबिधा कायम गरेको छ । पालिकाभित्र रहेका ३४ वटा सामुदायिक बिद्यालयमा कुसन, कार्पेट, पिफर्म, फिल्टर, गिलास, जुत्ता रयाक, लगायत ४८ प्रकारका स्कुल समाग्री उपलब्ध गराएको ग्रामिण सामुदायिक संस्थाका कार्यकारी संयोजक बासु रावलले बताए ।

संस्था अन्तर्गत सामुदायिक प्रगतिका लागि मुगु परियोजनाले पालिकाको वडानं १ र २ का ४५ जनालाई उन्नतजातका बाख्रा र १ सय १० जनालाई तरकारी उत्पादनको लागि ग्रिनहाउस उपलब्ध गराएको छ ।

त्यसैगरी उक्त परियोजनाले १ सय जनालाई खरायो दिएको छ । ग्रामिण सामुदायिक संस्थाले लागु गरेको कार्यक्रम प्रभावकारी देखिएको पालिका वडानं २ का वडाध्यक्ष ऐनबहादुर शाहीले जानकारी दिए ।

संस्थाले छिटफुट भएका समुदायलाई समेटेर कार्यक्रममा समाबेश गर्नुपर्ने अध्यक्षको भनाई छ । युएमएन संस्थाको आर्थिक सहयोगमा ग्रामिण सामुदायिक संस्थाले पालिकास्तरमा कार्यक्रम लागु गरिएको छ ।

वि.सं.२०८० जेठ ७ आइतवार ११:४९ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...