back
CTIZAN AD

जहाजमै किन रोए वरिष्ठ पत्रकार विजय कुमार ?

वि.सं.२०८० जेठ ७ आइतवार

1.2K 

shares

काठमाडौं । नेपालका वरिष्ठ पत्रकार , टेलिभिजन प्रस्तोता तथा लेखक विजय कुमार पाण्डेले बुद्ध एयरबाट काठमाडौंदेखि धनगढीसम्मको यात्राको सस्मरण सुनाएका छन् ।

उक्त यात्रामा आफुसँगैको सिटमा बसेकी एक आमाको पहिलोपटकको जहाज यात्राको अनुभव सुनाउँदै उनले ती आमाले सुनाएको कुराले आफु भावुक भएको बताएका छन् ।

सामाजिक संजाल ट्विटरमा उनले लेखेका छन्–
उनी छेउको सिटमा थिइन् । दुब्लो पातलो थाकेको शरिर । जीवनमा पहिलो पटक हवाइजहाज चढेकी .. ।
बुद्ध एयर २५१ बाट धनगढी जादै । सुरक्षा पेटी लगाउन मसंग सहयोग मागिन् । जहाज टेक अफ गर्ने बेला डराएर मेरा बाया हात जोडले समातिन् । मैले–नडराउन भने ।

त्यो फ्लाइटको एयर होस्टेजको व्यबहार सबै यात्रुप्रति धेरै सहज थियो । मेरो छेउमा बसेकी महिलाका दुबै कानमा उनले आफै कपास हालिन् । पानी खुवाइन् । र,सोधिन्–‘कस्तो छ तपाईलाई ? केही पर्यो भने भन्नुस है ।‘

महिलाले मलाई देखाउदै, विमान परिचारिकालाई जवाफ फर्काइन्– ‘मलाई ठिक छ । यो मेरो छोरा समान हो ।’ उनको आवाज थाकेको थियो । तर स्नेहले भरिएको ।
सात महिना पहिला काठमाण्डौ आएर फर्कन थालेकी रे । उपचार गराउन आएकी । आउदा बसमा आइकी थिइन् । उनको छोरा, सानोतिनो भाडाको जग्गामा गोलभेडा खेती गर्छ । क्यान्सर भन्ने रोग लागेको छ रे उनलाई । शरिर धेरै थाकेको छ …. ।
कुन्नी किन हो, उनका कुरा सुनेर मेरा आँखा रसाए । जीवनमा कहिलेकाही म आफुलाई धेरै विवश महसुस गर्छु । त्यो दिन पनि त्यस्तै महसुस भयो । एक छिनपछी उनी निदाइन् । मैले आफ्नो पर्स खोले । खासै पैसा त थिएन । जेजति थियो, मैले चुपचाप उनको ब्याग खोलेर हाले ।

मैले उनको ब्याग खोल्दै गर्दा, उनले आंखा खोलिन् । मलाई हेरिन् । बोलिनन केही । मैले भने ‘छोराले दिएको मज्जाले लिँदा हुन्छ आमा ! अप्ठ्यारो मान्नु पर्दैन ।‘
उनले दुई हात जोडिन् । मलाई नरमाइलो लाग्यो – ‘हात नजोडनुस् आमा । आशिर्वाद दिनुस् । धन्य हुनेछु ।‘
विमान धनगढीमा अवतरण गर्ने बेला हुदै थियो । मेरो पछाडी, लास्टको सिटमा बसेको एउटा प्यासेन्जेरलाई वाकवाक हुदै थियो । एयर होस्टेजले उसलाई कुनै अप्ठ्यारो नमानी ‘सिकनेस ब्याग’ दिइन्,सहज मुद्रामा सहयोग गरिन् ।

उनी त्यही एयर होस्टेज थिइन्, जसले मेरो सिट छेउमा रहेकी महिलालाई आफ्नै हातले कानमा कपास हाली दिएकी थिइन् ।
। मलाई उनीप्रति सम्मान जाग्यो । मैले उनलाई भने – यु आर गुड उनी मुस्कुराइन्, बोलिनन केही । म उनलाई बिर्सन चाहन्नथे ।
उनको नेमप्लेट पढे । त्यहाँ लेखिएको थियो – एस. चन्द ।

फर्कने बेला मैले सुर्खेतबाट प्लेन समाते । संयोग – जहाजको ढोकामा स्वागत गर्ने ठांउमा, उनी नै थिइन् । यसपटक ढोकामै बोलिन् – ‘म तपाईलाई अस्ति पनि भन्न चाहन्थे । मेरा बुवा तपाईका कार्यक्रम कहिलै छुटाउनु हुन्नथ्यो । मैले तपाईलाई बाल्यकालदेखी देखेको छु ।’

वि.सं.२०८० जेठ ७ आइतवार १६:१६ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...