back
CTIZAN AD

चार दिनदेखि लगातार सेयर बजारमा बृद्धि

वि.सं.२०८० जेठ ७ आइतवार

915 

shares

काठमाडौं । सेयर बजार विस्तारै बढ्न थालेको छ । केहि दिनदेखि बजारमा सकारात्मक संकेत देखिएको छ ।

सेयर बजार गत साताको मंगलबारदेखि नै उकालोमा छ । योबीचमा ६२ अंकको बृद्धि भएको छ ।

गएको मंगलबार ३.३१ अंकले बढ्दै बजारमा सकारात्मक संकेत देखिएको थिथो । त्यसयता दुई दिन (बुधबार र बिहीबार) बजारमा दोहोरो अंकमा उत्साह ल्याउने गरी बृद्धि भयो । बुधबार २३.४० अंकले बढेको बजार बिहीबार ३२.३० अंकले बढेको थियो ।

साताको पहिलो कारोबार दिन आइतबार पनि यसअघिका दिनलाई पछ्याउँदै बजार बढेको छ । आइतबार ५.८९ अंकले बृद्धि हुँदै बजार १८८३ को अंकमा उक्लिएको छ । आइतबार अधिकांश उपसमूहमा सकारात्मक संकेत देखिए ।

आइतबार कारोबार रकम पनि यसअघिका तुलनामा उत्साह जगाउने खालको देखिएको छ । आइतबार लामो समयपछिकै सबैभन्दा बढी एक अर्ब ६० करोड बढीको कारोबार भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट तयारी गर्दै गर्दा त्यसको प्रभाव बजारमा परेको कतिपयको विश्लेषण छ । तथापी, बजारमा हालसम्मको ट्रेण्ड कायमै रहन्छ वा रहन्न अन्योल देखिन्छ ।

वि.सं.२०८० जेठ ७ आइतवार १६:१३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...