back
CTIZAN AD

बागमती प्रदेश सरकारलाई पूर्णता, ६ मन्त्रीले लिए शपथ

वि.सं.२०८० जेठ ७ आइतवार

864 

shares

मनहरी । बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन् । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रुपमा रामकृष्ण चित्रकारले शपथ लिएका छन् ।

यसअघि नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भइसकेका छन् ।
त्यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका थिए ।
शपथ कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दुलाल, सामाजिक विकासमन्त्री मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८० जेठ ७ आइतवार १६:३३ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...