back
CTIZAN AD

युजर फ्रेन्ड्ली मोडलहरु सार्वजनिक गर्दै रियलमी

वि.सं.२०८० जेठ ८ सोमवार

753 

shares

काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरु ल्याउने भएकोले नेपाली स्मार्टफोन बजारमा रियलमीले निरन्तर रूपमा उच्च ग्राहक सन्तुष्टि दर कायम गर्दै एउटा बेन्चमार्क नै सेट गरेको जनाएको छ ।

आन्तरिक श्रोतको अनुसार रियलमीले सन् २०२२ मा गरेको कुल बिक्रीको अनुपातमा जम्मा १.०१ प्रतिशत सेटहरु मात्र मर्मतको लागि आएका थिए, जसले रियलमीका स्मार्टफोनहरुको गुणस्तरतालाई प्रमाणित गरेको छ ।

२०२२ मा रियलमीको रियलमी जीटी २ प्रो, रियलमी जीटी नियो ३, रियलमी सी ३५, रियलमी सी ३३, रियलमी सी ३१, रियलमी सी ३०, रियलमी सी ३० एस, रियलमी ९, रियलमी ९ प्रो, रियलमी ९ प्रो प्लस, रियलमी ९आई, रियलमी ९आई ५जी, रियलमी नार्जो ५०आई प्राईम र रियलमी नार्जो ५०ए प्राईम सहित कुल १४ ओटा नयाँ स्मार्टफोन मोडलहरू बजारमा आएका थिए ।

त्यस्तै २०२३ मा रियलमीले तीन नयाँ मोडलहरू रियलमी १० प्रो प्लस ५जी, रियलमी १० र रियलमी सी ५५ लन्च गरेको छ ।

यी फोनहरु उपभोक्ताको विविध आवश्यकता र बजेटलाई ध्यानमा राखी डिजाइन गरिएका थिए । यी सबै स्मार्टफोन मोडलहरू ग्राहकहरूले निकै रुचाएका थिए । यसले निरन्तर रूपमा उच्च गुणस्तरका स्मार्टफोनहरू उत्पादन गर्ने रियलमीको प्रतिबद्धतालाई अझै प्रष्ट पारेको छ ।

यो वर्ष रियलमीले थप युजर फ्रेन्ड्ली मोडलहरु सार्वजनिक गर्दैछ, जसले गर्दा झन धेरै उपभोक्ताहरुले भ्यालु फर मनि स्मार्टफोनहरु प्रयोग गर्न पाउनेछन् । वर्षको अन्त्य सम्ममा ग्राहकहरुले रियलमीबाट केही अझै नयाँँ र उत्कृष्ट उत्पादनहरु अपेक्षा गर्न सक्नेछन् । आफ्ना ग्राहकहरूले छिटो–छरितो, प्रभावकारी र भरपर्दो सेवा प्राप्त गरुन् भनेर सुनिश्चित गर्नको लागि रियलमीले उत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘रियलमी ब्रान्ड विश्वव्यापी रूपमै उच्च गुणस्तरीय स्मार्टफोनहरु उत्पादन गर्न प्रतिबद्ध छ । नेपाली ग्राहकहरूको माया र विश्वास पाउनु र उहाँहरुको गो–टु स्मार्टफोन ब्रान्ड हुन पाउँदा हामीलाई गर्व लागेको छ, हामी हाम्रा हरेक काम ग्राहक वर्गलाई ध्यानमा राखेर गर्दछौँ र उत्कृष्ट उत्पादन तथा सेवा प्रदान गर्नु भनेको व्यापार राम्रो हुनु मात्र नभएर हाम्रो कम्पनीको मुल मान्यता पनि रहेको छ ।’ शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले ग्राहक वर्गलाई प्रदान गर्ने उत्पादन र सेवामा उच्चतम गुणस्तर कायम राख्न हरदम प्रतिबद्ध रहने बताए ।

वि.सं.२०८० जेठ ८ सोमवार ०७:४९ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पोखरा–दुबई उडान दिगो बनाउन पहल

पोखरा–दुबई उडान दिगो बनाउन पहल

गण्डकी । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...