काठमाडौं । महालक्ष्मी विकास बैंकले विविधि कार्यक्रम गरी २९ औं वार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरुको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता ¥याली, सम्पूर्ण शाखा कार्यालयहरुमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङ्खला २ लगायत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखाहरुमार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
केन्द्रीय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेठ ५ गते, शुक्रबार बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
त्यस्तै शाखा, प्रादेशिक तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरुका (आठ वटा) विभिन्न स्थानहरुमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरुको सहभागितामा जेठ ६ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरुः जस्तै मोवाईल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।
त्यसैगरी वार्षिकोत्सवको अवसरमा गत बर्षदेखि शुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोश्रो श्रृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २) १६ टिमको सहभागितामा बैंकले जेठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ । बैंकले देशभर रहेका शाखाहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने दिँदै ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि कृतज्ञता व्यक्त गरेका थिए । साथै उनले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसाथ गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत गरेका थिए ।
वि.सं.२०८० जेठ ८ सोमवार ०८:०२ मा प्रकाशित




























