back
CTIZAN AD

कसरी गर्ने त्रिभूवन विश्वविद्यालयको पुनर्संरचना ?

वि.सं.२०८० जेठ १० बुधवार

1.2K 

shares

जुन अवस्थामा त्रिभुवन विश्वविद्यालय छ, यही अवस्थामा यो अगाडि बढ्न सक्दैन । यदि यसलाई जीवित र क्रियाशिल बनाउने हो भने यसको पुनर्संरचना अनिवार्य छ । स्थापित यसको ब्राण्डलाई जोगाउँदै समयको मागअनुसार यसको पुनर्संरचना हुनुपर्छ ।

विद्यार्थी संख्या बढी भयो । नियन्त्रण र व्यवस्थापन कठिन भयो । भद्रगोल भयो । शिक्षक, कर्मचारी, विद्यार्थीको राजनीति अती भयो । बेरोजगार उत्पादन गर्ने कारखाना बन्दै गयो । परीक्षा लिएर त्यसको नतिजा एक वर्षसम्म दिन नसक्ने भयो । आफ्नै शिक्षक र कर्मचारीलाई परिचालन गर्न नसक्ने अवस्था सिर्जना भयो । त्यसो हुँदा यसलाई जीवित र क्रियाशिल विश्वविद्यालय बनाई रहन पनि पुनर्संरचना जरुरी भयो ।

भएको विश्वविद्यालय टुक्र्याउनु वा विभाजन गर्नु वा अलग निकाय बनाउनु राम्रो होइन तापनी गर्नुपर्ने छ । वर्षायाममा च्याउ उम्रे झैँ अरु विश्वविद्यालय खोल्नुभन्दा त्रिभूवन विश्वविद्यालयलाई नै देशको भूगोलअनुरूप हुने गरी पुनर्संरचना गर्नु उपयुक्त हुन्छ । देशको आवश्यकताअनुसार प्राविधिक, विशिष्टिकृत र सामान्य जनशक्ति उत्पादन गर्ने गरी क्षेत्रीय वा प्रादेशिक त्रिभूवन विश्वविद्यालयकै नामबाट संचालन गर्न सकिन्छ । मिलेन भने अलग क्षेत्रीय तथा प्रादेशिक विश्वविद्यालयका रूपमा यसलाई पुनर्संरचना गर्नुपर्छ ।

पूर्वको भूगोल, मध्यतराईको भूगोल, काठमाडौं आसपासको भूगोल, पोखरा आसपासको भूगोल, दाङ र त्यसको आसपासको भूगोल तथा सुदूरपश्चिमको भूगोललाई समेट्ने गरी कम्तिमा ६ विश्वविद्यालय बनाउन सकिन्छ । यसो गर्दा एउटा ब्राण्डको रूपमा विश्वभर चिनिएको विश्वविद्यालयलाई न्याय गरेको ठहरिन्छ । भएको स्रोत साधन पनि परिचालन हुन्छ । यसको भीमकाय संरचना पनि चुस्त हुन्छ । माथि उल्लेख्य गरेका समस्या धेरै हदसम्म न्यूनीकरण हुन्छन् ।

समस्या के आउन सक्छन् ?
पुरानो मनोवृत्तिका शिक्षक कर्मचारीलाई तह लाउने कुरामा समस्या आउन सक्छ । राजनीति संलिएको छैन । त्यसले गिजोल गाँजोल गर्न सक्छ । एकै पटक देशभर ६ ठाउँमा विश्वविद्यालयको संरचना र सोहीअनुरूपको जनशक्ति व्यवस्थापन गर्न केही कठिन हुनसक्छ । आर्थिक समस्या आउन सक्छ । पुराना शिक्षक कर्मचारीको पेन्सन कसले दिने भन्ने समस्या आउनसक्छ । त्यो दायित्व नेपाल सरकारले लिनुपर्छ । यो काम गर्न केन्द्रिय सरकार, प्रदेश सरकारले सहयोगी भूमिका खेलेमा वा त्रिभूवन विश्वविद्यालय आफै सक्रिय र नेतृत्वदायी भूमिका खेलेमा सम्भव छ ।

उपलब्धि के हुन्छ ?
त्रिभूवन विश्वविद्यालयको पहिलेकै हैसियत÷शाख कायम हुन्छ । शैक्षिक कभरेज देशभर कायम भइरहन्छ । भीमकाय संरचनाको कारण अस्त व्यस्त बनेको विश्वविद्यालय चुस्त हुन्छ । सानो नै राम्रो तथा सानो नै व्यवस्थित भन्ने कुरा कार्यान्वयनमा आउँछ । त्रिभूवन विश्वविद्यालयले देशको आवश्यकता अनुरूप प्राबिधिक, साधारण वा अन्य विशिष्टिकृत विश्वविद्यालय बनाउन सक्छ ।

तोकिएको भूगोललाई समेटेर अहिलेकै आङ्गिक क्याम्पसमार्फत चिकित्सा, वन, इन्जिनियरिङ, कृषि, व्यवस्थापन, कानुन, शिक्षालगायतका संकाय चलाउन सक्छ । त्यसो नगरी अलग–अलग संकायका अलग–अलग विश्वविद्यालय चलाउन पनि सकिन्छ ।

जे जसरी गरे पनि हुन्छ तर गर्नुपर्छ । एउटा जीवित र कृयाशिल विश्वविद्यालय बनाउन पनि यो काम नगरी हुन्न । गर्ने आँट हुने हो/होइन ? तर गर्न चाहिँ जरुरी छ ।

वि.सं.२०८० जेठ १० बुधवार ०९:२० मा प्रकाशित

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...