
काठमाडौं । ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
आइएमई पे ले केटीएम बबल टिसँग गरेको सम्झौता अन्तर्गत आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागु हुनेछ ।
केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पे ले क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।